गृहपृष्ठ परिवर्तित नक्सासहितको निशान छाप संविधानको अंग
परिवर्तित नक्सासहितको निशान छाप संविधानको अंग
संविधान संशोधन विधेयक पारित
नेपालकाे परिवर्तित नक्सासहितको निशान छाप संविधानको अंग बनेको छ । शनिबार प्रतिनिधि सभामा भएको संविधान संशोधन विधेयकमाथिको मतदानमा सर्वसम्मतले संविधान संशोधन विधेयक पारित भएको हो ।
प्रतिनिधि सभामा बहाल कुल २७५ जना सदस्यमध्ये २५८ जनाले संविधान संशोधनका पक्षमा मतदान गरेका थिए । समाजवादी पार्टीकी सांसद सरिता गिरी संसद बहिस्कार गरेर हिडेकी थिइन ।
संविधान संशोधन विधेयक दुई तिहाईभन्दा अधिक मतले पारित भएको हो । संविधान संशोधनका विरोधमा कसैले पनि मतदान गरेनन ।
प्रकाशित समय १७:५७ बजे
















