गृहपृष्ठ कोरोनाभाइरसको खोप डिसेम्बरसम्ममा आउनसक्छ : डब्लूएचओ
कोरोनाभाइरसको खोप डिसेम्बरसम्ममा आउनसक्छ : डब्लूएचओ
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सन् २०२० को अन्त्यसम्ममा नोवेल कोरोनाभाइरसबाट हुने कोभिड १९ को खोप आउनसक्ने बताएको छ । डब्लूएचओकी वैज्ञानिक सौम्या स्वामीनाथनले विश्वभर अहिले दुई सयभन्दा धेरै सम्भावनाको खोजी भइरहेको र १० खोप मानिसमाथि प्रयोग गरिरहेको जानकारी गराइन् ।
‘खोप निर्माण गर्नु जटिल काम हो तर यस विषयमा धेरै आशंका र धेरै राम्रा कुराहरु पनि हुने गरेका छन्,’ अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा उनले भनेकी छन्, ‘तर हामी थाक्दैनौँ, एकपटक सफल हुन नसके फेरि-फेरि प्रयास गर्छौं, सबै कुरा सही चल्दै गए यो वर्षको अन्तिमसम्ममा एक वा दुई सफल खोप आउनेछ ।’
खोप आउनासाथै फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी र गम्भीर बिरामीलाई दिइने स्वामीनाथनले स्पष्ट पारिन् । खोप आएसँगै हजारौं डोज उपलब्ध हुने डब्लूएचओले बताएको छ । हालसम्म कोरोनाभाइरसको कुनै पनि खोप बनेको छैन ।
प्रकाशित समय १५:२५ बजे

















