गृहपृष्ठ सुक्खा बन्दरगाहमा थन्किए विलासी गाडी

सुक्खा बन्दरगाहमा थन्किए विलासी गाडी

पर्साको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा गैरकानुनी रुपमा भित्रिएका विद्युतीय आठवटा विलासी गाडी थन्किएका छन् । ती गाडी मगाउने व्यक्तिले जरिवाना तिर्न नसक्दा १० महिनादेखि भन्सार कार्यालयमा थन्किएका हुन् ।

त्यस्ता गाडीमा ४० प्रतिशत जरिवाना तिरेर जाँचपास गराउन सकिने व्यवस्था नयाँ बजेटले गरेको छ । आर्थिक ऐनमा गाडी उत्पादन गर्ने कम्पनीको आधिकारिक बिक्रेता नेपालमा नभएकाले व्यक्तिगत रुपमा आयात गर्दा गैरकानुनी मान्ने गरिएको छ । ती गाडीमा ४० प्रतिशत ड्युटी, ५० प्रतिशत एक्साइड र १३ प्रतिशत भ्याट लाग्ने भएकाले आयातकर्ताले ती गाडी छुटाउन नसकेको भन्सार प्रमुख उमेश श्रेष्ठले बताए । (रासस)

प्रकाशित समय १४:२० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु