गृहपृष्ठ शिक्षाविद् अंगुरबाबा जोशीकाे ८९ वर्षकाे उमेरमा निधन

शिक्षाविद् अंगुरबाबा जोशीकाे ८९ वर्षकाे उमेरमा निधन

शिक्षाविद् अंगुरबाबा जोशीको ८९ वर्षको उमेरमा शनिबार निधन भएको छ । विभिन्न रोगबाट पीडित जोशीको उपचारकै क्रममा बाँसबारीस्थित न्युराे अस्पतालमा निधन भएको परिवारले जनाएको छ ।

पद्मकन्या कलेजकी प्राचार्य रहेकी उनले तत्कालीन बडामहारानी ऐश्वर्यलाई पढाएकी थिइन् । उनी नेपालको पहिलो महिला क्याम्पस प्रमुखसमेत हुन् ।

१७ वर्षअघि घाँटीमा क्यान्सर देखिएपछि क्यान्सर लागेको भाग काटेर फाल्दा जोशीको अनुहार बांगिएको थियो । २०१९ सालमा राजा महेन्द्रले चार सदस्यीय संविधान मस्यौदा समिति गठन गर्दा जोशी एकल महिला सदस्यका रुपमा सहभागी थिइन् ।

प्रकाशित समय १९:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु