गृहपृष्ठ नेकपा स्थायी कमिटी बैठकद्वारा ७ वटा एजेन्डा तय, अर्को बैठक असार १२ मा

नेकपा स्थायी कमिटी बैठकद्वारा ७ वटा एजेन्डा तय, अर्को बैठक असार १२ मा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले विभिन्न सात वटा एजेन्डा तय गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरेका थिए ।

बैठकमा महासचिव विष्णु पौडेलले अध्यक्षद्वयको तर्फबाट बैठकका एजेण्डा राखेका थिए । ती एजेण्डामा छलफल गरेर बैठकले विभिन्न सात वटा एजेण्डा तय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार बैठकले पहिलोमा अध्यक्षद्वयको मन्तव्य, दोस्रोमा कोभिड १९ को रोकथाम तथा नियन्त्रण, तेस्रोमा नेपालको सीमा समस्या, चौथोमा सरकारको समग्र समीक्षा, पाँचौमा पार्टीको कामको समीक्षा तथा सांगठनिक एकीकरण, छैठौँमा एमसीसी र सातौँमा विविध विषयमा छलफल गर्ने एजेण्डा तय गरेको हो ।

प्रधानमन्त्री ओलीले पार्टी, सरकार र समग्र परिस्थितिको स्वस्थ आलोचनात्मक र जिम्मेवारीपूर्वक छलफल गर्नुपर्नेमा जोड दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । त्यस्तै अर्का अध्यक्ष प्रचण्डले कम्युनिष्ट पार्टीको आन्दोलन, परिस्थिति, आदर्श र भूमिकाका विषयमा आफ्नो धारणा राखेका थिए । सकरात्मक निष्कर्ष निकालैगरी सबै कमिकमजोरीलाई सच्चाउनुपर्नेमा उनको जोड थियो ।

बैठक असार १२ गते बस्नेगरी स्थगित भएको श्रेष्ठले बताए ।

प्रकाशित समय १६:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु