गृहपृष्ठ मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्री ओली शीतल निवासमा
मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्री ओली शीतल निवासमा
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र रक्षात्मक अवस्थामा पुगेका प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति निवास पुगेका छन् । पार्टी अध्यक्षसमेत रहेका ओली स्थायी कमिटी बैठक सुरु नगरी राष्ट्रपति विद्यादेवी भण्डारीसँगको छलफलका लागि शीतल निवास पुगेका हुन् ।
११ बजे बस्ने भनिएको बैठक सुरु भएको छैन । प्रधानमन्त्री ओलीले आजै मन्त्रिपरिषद बैठकसमेत बोलाएका छन् । प्रधानमन्त्री शितल निवासबाट फर्किएपछि मन्त्रिपरिषद् बैठक बस्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
बिहीबार बिहान ओली पक्षीय नेताहरु सरकार र पार्टी सञ्चलानमा भएका कमीकमजोरी सच्याएर अघि बढ्ने, आवश्यक परे मन्त्रिमण्डलसमेत हेरफेर गर्ने र प्रधानमन्त्रीमा ओलीलाई नै निरन्तरता दिने प्रस्ताव लिएर प्रचण्ड निवास खुमलटार पुगेका थिए । तर ओली पक्षीय नेताहरूको प्रस्ताव प्रचण्डले अस्वीकार गरेको बताइएको छ ।
नेकपामा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले ओलीले दुवै पदबाट राजीनामा दिनु पर्ने माग गरेका छन् । उनीहरुले बुधबार बेलुका झम्सिखेलमा छुट्टै भेला गरेका थिए ।
प्रकाशित समय १२:२० बजे
















