गृहपृष्ठ काठमाडौंका २८ सहित थप ४७३ जनामा कोरोना संक्रमण
काठमाडौंका २८ सहित थप ४७३ जनामा कोरोना संक्रमण
१०९ महिला र ३६४ पुरुषसहित बिहीबार थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये २८ जना काठमाडौं जिल्लाका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । बिहीबार नै भक्तपुर र ललितपुरमा पनि २/२ जना संक्रमित भेटिएका छन् ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या १४ हजार ५१९ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । जसमध्ये १ हजार ८८३ जना महिला छन् भने १२ हजार ६३६ जना पुरुष छन् ।
हालसम्म २ हजार ३७ हजार ७६४ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । क्वारेन्टिनमा रहनेको संख्या ३८ हजार १०९ रहेको छ भने १० हजार १३७ जना आइसोलेसनमा छन् ।
बिहीबार थप ६६४ जनाले कोरोनाले जितेका छन् । अहिलेसम्म संक्रमणमुक्त भएर ५ हजार ३२० जना घर फर्किसकेको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण ३० जनाको मृत्यु भइसकेको छ ।
प्रकाशित समय १६:३४ बजे

















