गृहपृष्ठ अरुको अस्तित्व नामेट पार्दै कैयौं ‘भोगीराज’हरु

अरुको अस्तित्व नामेट पार्दै कैयौं ‘भोगीराज’हरु

'विद्' र डा./प्राडाको फूर्को झुन्डयाउँदै पहुँच नभएका जातिहरुलाई जबरजस्ती राईमा सम्मिलीकरण

नेपालको समाज अध्ययन-अनुसन्धानबारे ‘मार्टिन चौतारी’ नामक गैरसरकारी संस्थाले केही न केही योगदान गरेको छ । हुन पनि सो संस्थाले विगत १३/१४ वर्षदेखि नियमित रुपमा ‘समाज अध्ययन’ नामक जर्नल (वार्षिक !) प्रकाशित गर्दै आएको छ । २०६३ साल (सन् २००६)देखि नै मार्टिन चौतारीले नेपालका जातजाति, भाषाभाषी, धर्म, महिला, लिंग, प्रकाशन, प्रसारण, समावेशीकरणलगायत विविध विषयमा अध्ययन-अनुसन्धानात्मक ढंगले जर्नल प्रकाशित गर्दै आएको छ । यसै क्रममा ‘मार्टिन चौतारी’को अंक १३ मा प्रकाशित (२०७५ साल/सन् २०१८) लेखक भोगीराज चाम्लिङले लेखेको ‘किरात राई जातिमा मृत्य संस्कार र चिन्तन’, पाना-९९/११९ । शिर्षकको लेखमा उल्लेखित केही प्रसंगबारे छोटोमा टिप्पणी गर्ने प्रयास गरिएको छ । लेखकले भनेझैं ‘किरातीहरु दार्शनिक दृष्टिकोणले समृद्ध जाति हुन् ।’ यसमा कसैको दुई मत नहोला । त्यति मात्रै होइन, किरात/किरातीहरु प्राचीन जाति पनि हुन् । उनी समृद्ध संस्कार, संस्कृति, आ-आफ्नै मौलिक वेषभूषा, रहनसहन आदि भएका ‘महाजाति’ पनि हुन् ।

तर, लेखकले सो लेखमा वास्तवमै ‘राई !’ जात हो त ? कि नेपालको भगौलिक एकीकरणपछि शाह राजा वा श्री ३ महाराजहरुले दिएको पदवी वा भनौं पगरी मात्रै हो ? प्रस्ट्याएका छैनन् । यदि ‘राई !’ जात वा जाति नै हो भने, के-कसरी र के-कति कारणले ‘राई !’ जात वा जाति नै हो ? सोबारे वास्तविक कुरो वर्णन नगरी/नलेखीकन वा भनौं आम पाठकहरुलाई नबताईकन खालि एकोहोरो रुपमा ‘राई जाति, राई जाति !’ भनी लिँडे-ढिपी गरेका छन् । राईवाला सर/म्याडमहरुको विगत लामो समयदेखिको यस्तो हर्कतले गर्दा आम मानिसहरुमाझ वास्तवमै ‘राई !’ जात वा जाति हो भन्ने भ्रम वा भनौं वास्तविकताजस्तै हुन गएको/जाँदैछ । तर, वास्तविकता त्यस्तो होइन । वास्तवमा अरु पनि केही राईवाला सर/म्याडमहरुले ‘राई !’ के-कसरी र कति कारणले जात वा जाति नै हो ? सोबारे वास्तविक कुरो वर्णन नगरी/नलेखीकन वा भनौं, आम पाठकहरुलाई नबताईकन खालि एकोहोरो रुपमा ‘राई जाति, राई जाति !’ भनी लिँडे-ढिपी गरेर लेख्ने/बोल्ने गरेका छन् ।

अरु त अरु नै भइगए, नेपालका डा. पनि प्रा. पनि भएका र समाजशास्त्री, मानवशास्त्री, जातिशास्त्री, नृवंशशास्त्री (सायद नेपालमा हालसम्म जातिशास्त्री र नृवंशशास्त्री उत्पादन भएका छैनन् होला) भाषाशास्त्री, संस्कृतिविद् आदि/इत्यादि पनि भनिनेहरुले नै एक जाति ‘राई !’ २८ भाषी ‘राई !’ भनी लेख्ने-बोल्ने गर्छन्। नामको अगाडि डा. पनि प्रा. पनि झुन्डिएका र समाजशास्त्री, मानवशास्त्री, जातिशास्त्री, नृवंशशास्त्री, भाषाशास्त्री, संस्कृतिविद आदि इत्यादि भनिनेहरुले नै यस्तो कार्य गरेपछि राईवाला सर/म्याडमहरुलाई खदो पल्टेको छ । तर, नामको अगाडि डा. पनि प्रा. पनि भएका र समाजशास्त्री, मानवशास्त्री, जातिशास्त्री, नृवंशशास्त्री, भाषाशास्त्री, संस्कृतिविद् आदि/इत्यादि पनि भनिनेहरुको यस्तो कार्यले कुलुङ २२/२८ वटा किराती जातिहरु (किनभने, हालसम्म कति वटा किराती जातिहरु ‘राईकरण !’ मा परेका छन् ? टुंगो लागेको छैन ।)

त्यसैले नामको अगाडि डा. पनि प्रा. पनि भएका र समाजशास्त्री, मानवशास्त्री, जातिशास्त्री, नृवंशशास्त्री, भाषाशास्त्री, संस्कृतिविद आदि इत्यादि पनि भनिनेहरुले एक जाति ‘राई !’ को २८ वटा भाषा हुन्छ ? यदि हुन्छ भने, म एक जाति राई हुँ । तर, मेरो मातृभाषा २८ वटा छ ! भनेर २८ वटा मातृभाषामा खररर … बोल्न सक्ने कुनै ‘माइकालाल राई !’ भेटेका छन् ? छन् भने, त्यस्तो ‘माइकालाल ‘राई !’ हामीलाई पनि भेटाई दिनुपर्‍यो ! होइन भने, राई जात नभएर नेपालको भौगोलिक एकीकरणपछि शाह राजा र श्री ३ महाराजहरुले दिएको पदवी वा भनौं पगरी मात्रै हो रहेछ भनी गल्ती स्वीकार गर्नु पर्‍यो । त्यसैले नामको अगाडि डा. र प्रा. जोडिएका र विद्धान भनिएकाहरुले नै आमनागरिक र पाठकहरुलाई वास्तवमा ‘राई !’ के हो ? भनी नप्रष्ट्याईकन/नबताईकन एकोहोरो रुपमा ‘राई ! जाति, राई ! जाति’ भनी अन्ट-सन्टमै लेख्ने गर्नु भएन भन्ने यो केही नजान्ने कुलुङेको आग्रह हो ।

संखुवासभा जिल्लाका अन्तिम ‘राई/देवान !’ तत्कालीन राष्ट्रिय पञ्चायतका पूर्वसदस्य दूर्गामणि देवानका अनुसार उनको ‘राई/देवान !’ बाबुको मृत्यपछि २०४५ सालमा उनी आफू ‘राई/देवान !’ भएका थिए भने, उनले २०५१ सालसम्म ‘राई/देवान !’ भई खाए । त्यसपछि संखुवासभामा भूमि सुधार ऐन पूर्ण रुपमा  लागू भएपछि ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’ जो छोटे राजासरह थिए, उनीहरुको दरकार नै परेन ।

त्यस्तै लेखक भोगीराजले पनि विगत लामो समयदेखि जानाजान (किनभने उनले केही पटक यो पंक्तिकारसँग अनौपचारिक रुपमा वास्तवमा राई जात नभएर पदवी/पगरी नै हो । त्यसैले तपाईंहरूले उठाएको विषय सही छ । तर … , तर … ले नै हामी स्थापित भयौं ! तपाईंहरु आन्दोलन गर्दै गर्नोस् ! भनेजस्तो कुरो गरेका थिए ।) जबरजस्ती ‘राई !’ लाई जातिमा स्थापित गर्ने क्रम जारी राखेका छन् । जबकि, राई नेपालको कुनै जात वा जाति नभएर नेपालका भौगोलिक एकीकरणपछि त्यो बेलासम्म एकै रहेको किराती भूमि र किराती जातिहरु, सम्भवतः त्यो बेलासम्म लिम्बु, खम्बु (खम्बुभित्रका कुलुङ अन्य किरातीसमेत), सुनुवार, याक्खा, थामी, हायु, धिमाल आदिको अस्तित्व स्थापित भइसकेको थियो । जे होस्, उनीहरुलाई विभाजन गरेर/फुटाएर, जस्तै वल्लो किरात, माझ किरात र पल्लो किरात बनाइयो । ती क्षेत्रका स्थानीय टाठा/बाठा किरातीहरुलाई हातमा लिएर ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’ आदि पदवी वा भनौं पगरी दिइयो । यो इतिहासमा अंकित भइसकेको वास्तविकता हो ।

हुन पनि त्यो बेला ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’ आदि पदवी वा भनौं पगरी पाएका मान्छेका जेठो छोरोहरु अहिलेसम्म काठमाडौलगायत सुविधासम्पन्न सहर-बजारमा यत्रतत्र पाइन्छन् । यहाँ जेठो छोरो नै किन भनिएको हो भने, जसरी राजाको जेठो छोरो मात्रै राजा हुन पाउँथ्यो । त्यसरी नै ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’ आदिका जेठो छोरोहरु मात्रै आफ्नो बाबुको शेषपछि ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’ आदि हुन पाउँथे । तर, यसबारेमा भने, भोगीराजलगायत राई जातिवाला सर/म्याडमहरुले कहिल्यै पनि लेख लेखेनन्, अनुसन्धान गरेनन्, सार्वजनिक रुपमा बोलेनन् । बरु उनीहरु अझै पनि ‘जसले राई होइन भन्दैछ, उसको नागरिकतामा मात्रै होइन कि, तीनपुस्ते, शैक्षिक प्रमाणपत्र, जग्गाधनी पूर्जा, पेन्सन-पट्टा, ड्राईभिङ लाईसेन्स, विद्यार्थी कार्ड, वृद्ध-भत्ता कार्ड आदिमा समेत राई छ ! भनी लेख्ने गर्थे/गर्छन् ।

राई बारेमा प्रश्न गर्ने जोकोही जिज्ञासुलाई यस्तै ‘ओठे जवाफ’ दिने गरेका छन्/दिन्छन् । जबकि जाति वा समुदाय हुनलाई चाहिने प्रमुख आधार भनेको मातृभाषा हो । त्यस्तै ऐतिहासिक भूमि, अरुको भन्दा छुट्टै वेषभूषा, आफ्नै समुदायभित्र विवाह गर्ने प्रचलन (थर/उपथरको आधारमा), परम्परागत कानुन, रीतिथिति, अरुको जातिको भन्दा भिन्न रहनसहन, संस्कार, संस्कृति, हामी भन्ने भावना, तँ सानो र म ठूलो भन्ने भावना नभएको छुवाछूतविहीन समाज, अरु जातिको भन्दा भिन्न प्रकारको चाडपर्व आदि हुनुपर्ने भन्ने विश्वव्यापी मान्यता छ ।

नागरिकता, तीनपुस्ते, शैक्षिक प्रमाणपत्र, जग्गा-धनी पूर्जा, पेन्सन-पट्टा, ड्राईभिङ लाईसेन्स, विद्यार्थी कार्ड, वृद्ध-भत्ता कार्ड आदि त तपसिलमा रहने कुरोहरु भए । हुन पनि नेपालमा सर्वप्रथम २००९ सालमा मात्रै नागरिकता ऐन आएको थियो भने, २०२१ सालमा आएको भूमि सुधार ऐन २०२८/०२९ सालदेखि २०३३/०३४/०ं३५ … गाउँ-गाउँ, र टोलटोलमा लागू भएसँगै मानिसहरुले जग्गा दर्ता गर्नका लागि नागरिकता पनि लिन थाले । यसरी हेर्दा २०५१ सालसम्म ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’ आदि पदवी वा भनौं पगरी कायम रहेको थियो ।

‘मार्टिन चौतारी’लगायत अन्य अध्ययन-अनुसन्धानरत संघ-संस्थाहरुले यसरी नेपालका कुनै पनि जातजाति, भाषी, धर्म वर्ण, लिंग आदिका बारे अध्ययन-अनुसन्धानमुलक किताब, जर्नल, सोध-ग्रन्थ, लेख, प्रकाशित गर्दा केन्द्रीय तथ्यांक विभागको तथ्यांक हेर्ने, स्वदेशी-विदेशी खोज तथा अनुसन्धानकर्ताहरुले गरेको खोज तथा अनुसन्धानमुलक किताब वा अध्ययन अनुसन्धानलाई पनि हेरेर रुजु गर्न आवश्यक छ कि ?

संखुवासभा जिल्लाका अन्तिम ‘राई/देवान !’ तत्कालीन राष्ट्रिय पञ्चायतका पूर्वसदस्य दूर्गामणि देवान हुन् । उनी हाल ललितपुर जिल्लाको भैंसेपाटी बस्छन् । उनका अनुसार उनको ‘राई/देवान !’ बाबुको मृत्यपछि २०४५ सालमा उनी आफू ‘राई/देवान !’ भएका थिए भने, उनले २०५१ सालसम्म ‘राई/देवान !’ भई खाए । त्यसपछि संखुवासभामा भूमि सुधार ऐन पूर्ण रुपमा लागू भयो । यसरी सबै जिल्ला/क्षेत्रमा भूमि सुधार ऐन पूर्ण रुपमा लागू भएपछि ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’ जो छोटे राजासरह थिए, उनीहरुको दरकार नै परेन । उनीहरु कानुनी रुपमा अझै पनि खारेजीमा परेको देखिँदैन । तापनि उनीहरु पदवी वा भनौं पगरी उड्यो !

तर, लेखकले नेपालका अन्य जातजाति जस्तै स्वतन्त्र जातीय अस्तित्व भएका केही किराती जातिहरुको टाउकामा राई ! को फुर्को झुन्ड्याउँदै (जस्तै कुलुङ जातिलाई कुलुङ राई !, खालिङ जातिलाई खालिङ राई ! ) चाम्लिङ जातिको (तर, उनीहरु राई ! नै भन्छन्) मृत्युलगायत अन्य केही संस्कार र संस्कृतिबारे तुलनात्मक ढंगले वर्णन गर्न खोजेका छन् । उनले आफ्नो सो लेखमा भाषा, संस्कार र सांस्कृतिक कार्यहरुको उदाहरण र विवरणचाहिँ अधिकांश चाम्लिङकै राखेका छन् । जस्तै सहज मरण (नक्मइ) र असहज मरण (झेत्मइ) यो शब्द सम्भवतः चाम्लिङ जातिको मरणको सवालमा प्रयोग गरिन्छ होला । किनभने, उनले आफ्नो लेखमा उदाहरण दिइएको मरणमा कुलुङ जातिले त्यो शब्द प्रयोग गर्दैनन् । तर, उनको लेखमा त्यही नै सबै ‘राईकरण’मा परेका जातिहरुको मरणमा प्रयोग गरिने शब्द हो ! भन्ने भान वा भनौं भ्रम पार्न खोजेक छन् । त्यस्तै भूमि पूजा (साकेला), चुला पूजा (हुइलुङ), पानी पूजा (वाइको) (पाना नम्बर-१०१ हेर्नोस्) शब्द पनि कुलुङ जातिले प्रयोग गर्दैनन् । यसरी हेर्दा उनले राईकरणको वृहत् आवरणभित्र सबै किरातीहरुलाई चाम्लिङ ! करण गर्न खोजेका छन् ।

त्यसैले हाम्रो देशमा रहेका ‘मार्टिन चौतारी’लगायत अन्य अध्ययन-अनुसन्धानरत संघ-संस्थाहरुले यसरी नेपालका कुनै पनि जातजाति, भाषी, धर्म वर्ण, लिंग आदिका बारे अध्ययन-अनुसन्धानमुलक किताब, जर्नल, सोध-ग्रन्थ, लेख, प्रकाशित गर्दा राज्यको अभिन्न अंगको रुपमा रहेको केन्द्रीय तथ्यांक विभागले हरेक १०-१० वर्षमा गर्ने गरेको राष्ट्रिय जनगणनाहरुको तथ्यांक हेर्ने, स्वदेशी-विदेशी खोज तथा अनुसन्धानकर्ताहरुले गरेको खोज तथा अनुसन्धान गरेर लेखेको किताब वा अध्ययन अनुसन्धानलाई पनि हेरेर रुजु गर्न आवश्यक छ कि ? नत्रभने, यस्ता कैयौं ‘भोगीराजहरु’ले अरुको अस्तित्वलाई नामेट पार्दै-पार्ने प्रयास गर्दै आफ्नो नामको अगाडि मुन्धुमविद्, संस्कृतिविद्, संस्कारविद्, भाषाविद्, जातिविद्, जनसंख्याविद्, कानुनविद् र प्राडाको फूर्को झुन्डयाउँदै हामीजस्ता राज्य र मिडिया अनि अन्तर्राष्ट्रिय रुपमा पहुँच नहुने/नभएका जातिहरुलाई जबरजस्ती राई ! जातिमा सम्मिलीकरण (एस्सिमिलेसन) गरी रहनेछन् ।

कुलुङ जातिको जनसंख्या २८ हजार ६१३ जना उल्लेख छ । कुलुङ मातृभाषीको संख्या ३३ हजार १७० जना रहेको छ । त्यति मात्रै होइन, त्यहाँ कुलुङबाहेक अरु ११ वटा किराती जातिहरुको पनि अलग्गै जातीय र भाषिक तथ्यांक आएको छ । तापनि भोगीराजजस्ता लेखक वा … विद् भनिनेहरु ती जाति वा समुदायलाई कथित राई ! जातिमा सम्मिलीकरण गर्नमै रमाइरहेका देखिन्छन् ।

आशा छ, आगामी दिनमा मार्टिन चौतारीजस्तो मिडिया र समाज अध्ययनको क्षेत्रमा केही हदसम्म विश्वासिलो र भरपर्दो मानिएको संस्था र ‘समाज अध्ययन’ जर्नलको टिममा रहेका विद्धान महानुभावहरुले कुनै पनि … विद, … विज्ञ, प्राडा, अनुसन्धानकर्मी, खोजकर्ता भनिनेहरुले पठाएको सामग्री भन्दैमा ‘क्रस-चेक’ वा भनौं ‘भेरिफाई’ नगरी अन्धाधुन्ध ढंगले प्रकाशित गर्नु हुनेछैन । जस्तोे, २०६८ सालको राष्ट्रिय जनगणनाको तथ्यांक हेर्ने होे भने, त्यहाँ कुलुङ जातिको जनसंख्या २८ हजार ६१३ जना उल्लेख छ । कुलुङ मातृभाषीको संख्या ३३ हजार १७० जना रहेको छ । त्यति मात्रै होइन, त्यहाँ कुलुङबाहेक अरु ११ वटा किराती जातिहरुको पनि अलग्गै जातीय र भाषिक तथ्यांक आएको छ । तापनि भोगीराजजस्ता लेखक वा … विद् भनिनेहरु ती जाति वा समुदायलाई कथित राई ! जातिमा सम्मिलीकरण गर्नमै रमाइरहेका देखिन्छन् । त्यसमा ‘मार्टिन चौतारी’जस्ता संस्थाहरुले नै जानी-नजानी साथ दिएपछि त कसको … के नै लाग्छ र !

वास्तवमा यस्ता अनुसन्धानकर्ता, लेखक, …कार, वा …विद् भनिनेहरुलाई अरुको जातीय स्वपहिचान वा भनौं कुनै पनि जाति वा समुदायको ‘म को हुँ ? वा हामी को हौं ? भन्ने जातीय स्वपहिचान र आत्मनिर्णयको अधिकार हनन् गरेकामा त्यसका विरुद्ध उनीहरुलाई कानुनी उपचार गर्नेतर्फ नै सोच्नुपर्ने हो कि ? हामीहरुबीच वास्तवमै यो पक्ष विचारणीय रहेको देखिन्छ ।

प्रकाशित समय १६:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु