गृहपृष्ठ कार्यालय प्रमुखसहित चार जना २ लाख ४१ हजार घुससहित अख्तियारको नियन्त्रणमा
कार्यालय प्रमुखसहित चार जना २ लाख ४१ हजार घुससहित अख्तियारको नियन्त्रणमा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख (इन्जिनियर) टोपेन्द्रसुन्दर मल्ल र सब-इन्जिनियर विरेन्द्र चन्दसहित चार जनालाई करिब अढाई लाख घुस रकमसहित पक्राउ गरेको छ । दैलेखको भगवतीमाई गाउँपालिका ३ सानटडा खोला तटबन्धन निर्माण कार्य सम्पन्न भएपछि भुक्तानीमा सहजीकरण गरिदिने भन्दै उनीहरूले घुस लिएका थिए ।
कार्यालय प्रमुखसहित चार जनाले सेवाग्राहीसँग घुस मागिरहेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको टोलीले निमित्त कार्यालय प्रमुख मल्ललाई कार्यालय परिसरबाट र सब-इन्जिनियर विरेन्द्र चन्दलाई कार्यस्थलबाट नियन्त्रणमा लिएको हो । खानतलासीका क्रममा अख्तियार टोलीले मल्लको आवासबाट २ लाख ४१ हजार १६ रूपैयाँ नगद बरामद गरेको छ । अनुसन्धानको सिलसिलामा सब-इन्जिनियर रन्जित श्रेष्ठ र सुपरभाइजर लक्ष्मी पाण्डेलाईसमेत प्रकाउ गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
प्रकाशित समय २१:२० बजे

















