गृहपृष्ठ नेप्से ३३ अंकले बढ्दा १२२ कम्पनीका लगानीकर्ताले कमाए, १० कम्पनीको मूल्यमा उछाल

नेप्से ३३ अंकले बढ्दा १२२ कम्पनीका लगानीकर्ताले कमाए, १० कम्पनीको मूल्यमा उछाल

सेयर बजार परिसूचक नेप्से सोमबार ३३ अंकले बढ्दा १२२ कम्पनीका लगानीकर्ताले कमाएका छन् । म्युचुअल फन्डबाहेकका सबै समूह उकालो लागेपछि समग्र बजार परिसूचक ३३.२७ अंकले बढेर १२९८.७३ अंकमा उक्लिएको छ ।

सबैभन्दा धेरै होटल समूह ५.५ प्रतिशतले बढेको छ भने निर्जीवन बिमा ४.९८, अन्य ४.२६, लघुवित्त ४.३ र जीवन बिमा ३.५४ प्रतिशतले बढेको छ । १७६ कम्पनीको २७ लाख ३१ हजार ४९८ कित्ता सेयर ९२ करोड ७८ लाख रूपैयाँबराबरमा किनबेच भएको छ ।

सोमबार १२२ कम्पनीको सेयर मूल्य बढ्दा १० कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । ग्लोबल आइएमई लघुवित्त, नेपाल रिइन्स्योरेन्स कम्पनी, सूर्योदय लघुवित्त, ग्रामीण विकास लघुवित्त, युनाइटेड इन्स्योरेन्स कम्पनी, स्वदेशी लघुवित्त, सिद्धार्थ इन्स्योरेन्स, आशा लघुवित्त, तारागाउँ रिजेन्सी होटल र ओरियन्टल होटलको सेयर मूल्य सर्वाधिक बढेको हो ।

नेपाल रिइन्स्योरेन्स कम्पनीको सर्वाधिक १४ करोड ५३ लाख रूपैयाँबराबरको सेयर कारोबार भएको छ । यो कम्पनीको मूल्य चार कारोबार दिनमै करिब सय रूपैयाँ बढेको छ । बुधबार ३४४ रूपैयाँबाट कारोबार सुरु भएकोमा सोमबार ४४० रूपैयाँ पुगेको हो ।

आइतबार सेयर बजार ९.३५ अंकले बढेको थियो भने एक अर्ब ३ करोडको कारोबार भएको थियो ।

प्रकाशित समय १७:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु