गृहपृष्ठ कांग्रेसद्वारा महाधिवेशन कार्यतालिका सार्वजनिक
कांग्रेसद्वारा महाधिवेशन कार्यतालिका सार्वजनिक
नेपाली कांग्रेसले चौथो महाधिवेशन फागुन १० गतेभित्र सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको दबाबका बीच कांग्रेस केन्दीय कार्यसमितिको सोमबार बसेको बैठकले महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको हो ।
देउवा समूहले पटक‑पटक पटक महाधिवेशनको मिति सारेको भन्दै पौडेल समूहले कार्यतालिका सार्वजनिक गर्न माग गर्दै आएको थियो । निर्वाचन कार्यतालिकाअनुसार मंसिर मसान्तभित्र केन्द्रीय कार्यालयले केन्द्रीय सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूचनी केन्द्रीय निर्वाचन समितिलाई बुझाउने छ ।
पुस ६ गते गाउँ/नगर वडा अधिवेशन, पुस ८ गते गाउँ/नगरपालिका अधिवेशन, पुस ११ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन, पुस १३ गते एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन, पुस १६ गते एकभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन, माघ ६ गते प्रदेश अधिवेशन र फागुन ७, ८ ९ र १० गते केन्द्रीय अधिवेशन हुनेछ ।
पुस ६ देखि १६ गतेसम्मका लागि तोकिएका अधिवेशनहरू चिसोका कारण हिमाली क्षेत्रमा हुने भने आशंका गरिएको छ । पौडेल पक्षको दबाबमा देउवा पक्षले कार्यतालिका सार्वजनिक गरे पनि अधिवेशन हुनेमा आशंका भएको हो ।
प्रकाशित समय ०८:३० बजे

















