गृहपृष्ठ पालना भएन सहमति, नेकपा स्थायी कमिटी बैठक पुन: स्थगित

पालना भएन सहमति, नेकपा स्थायी कमिटी बैठक पुन: स्थगित

आजका लागि तोकिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक पुनः दुई दिनपछि सरेको छ । बैठक यही असार २६ गते बिहान ११ बजेका लागि राखिएको नेकपाका प्रचार तथा प्रकाशन विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए । बैठक चौँथो पटक स्थगित गरिएको हो ।

आन्तरिक विवाद मिलाउन शीर्ष नेताहरुको छलफल चलिरहेकाले बैठक पुनः सरेको हो । मंगलबार अध्यक्षद्वयबीच भएको छलफलबाट आजैदेखि स्थायी कमिटी बैठकलाई निरन्तरता दिन सहमति भएको थियो । पैँतालीस सदस्यीय स्थायी कमिटीको बैठक यही असार १० गतेदेखि सुरु भएको हो ।

पार्टी र सरकारको समन्वयका विषयमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पछिल्ला दिनमा दैनिकजसो छलफल भइरहेको छ । पार्टी एकता जोगाउन दोस्रो तहका नेता र अन्य कार्यकर्ताले दबाव पनि दिँदै आएका छन् ।

प्रकाशित समय ११:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु