गृहपृष्ठ बैंकलाई ब्रोकर लाइसेन्स दिने निर्णय अब बोर्डले गर्ने
बैंकलाई ब्रोकर लाइसेन्स दिने निर्णय अब बोर्डले गर्ने
वाणिज्य बैंकलाई सहायक कम्पनी खोलेर बोक्रर लाइसेन्स दिने निर्णय अब नेपाल धितोपत्र बोर्डले गर्नुपर्ने भएको छ । रामकुमारी झाँक्री संयोजक रहेको मुद्राबजार तथा पुँजीबजारसम्बन्धी अध्ययन उपसमितिले बैंकलाई ब्रोकर लाइसेन्स दिने कि नदिने भन्ने विषयमा तयार पारेको प्रतिवेदन शुक्रबार अर्थ समितिबाट संशोधनसहित पारित भएको हो । यससँगै बैंकलाई ब्रोकर लाइसेन्स दिने कि नदिने भन्ने निर्णय अब नियामकले नै गर्नेछ ।
साउन २९ गते सो सम्बन्धमा अध्ययन गर्न गठित उपसमितिले मंगलबार ११ महिनापछि अर्थ समितिमा प्रतिवेदन बुझाएको थियो ।
प्रकाशित समय १४:५४ बजे

















