गृहपृष्ठ थप ११८ मा कोरोना संक्रमण, संक्रमितको संख्या १६ हजार ६४९ पुग्यो

थप ११८ मा कोरोना संक्रमण, संक्रमितको संख्या १६ हजार ६४९ पुग्यो

नेपालमा शुक्रबार थप ११८ जनामा कोरोनाभाइरस संक्रमण फेलापरेको छ । यससँगै बिहीबारसम्म १६ हजार ५३१ जना संक्रमित रहेकोमा कुल संक्रमित संख्या १६ हजार ६४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

शुक्रबारसम्ममा सफल उपचार हुनेको संख्या ८ हजार ११ पुगेको छ । शुक्रबार थप १२० जना निको भएर घर फर्किएका हुन् । हालसम्म क्वारेन्टिनमा २३ हजार ९१० जना छन् भने आइसोलेसनमा ८ हजार ६०३ जना छन् ।

धनकुटा, भोजपुर, सोलुखुम्बु, मनाङ, मुस्ताङ र हुम्ला कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित समय १६:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु