गृहपृष्ठ अस्ट्रेलियाको ए लिग फुटबल शुक्रबारदेखि
अस्ट्रेलियाको ए लिग फुटबल शुक्रबारदेखि
अस्ट्रेलियाको शीर्ष डिभिजनको हुन्डाई ए लिग फुटबल शुक्रबारदेखि हुने भएको छ । फुटबल फेडेरेसन अस्ट्रेलियाले कोरोनाभाइरसको महामारीको कारण चार महिनादेखि स्थगित लिग शुक्रबार अर्थात् जुलाई १७ देखि हुने जानकारी गराएको हो ।
तालिकाअनुसार अबको पहिलो खेल सिड्नी एफसी र विलिङटन फोनेक्सबीच हुनेछ । सिड्नी २० खेलमा ४८ अंक जोडेर लिगको शीर्ष स्थानमा छ । मेलवर्न भिक्ट्री, वेस्टर्न युनाइटेड र मेलवर्न सिटीको टिम सिड्नीमा छ ।
कोरोनाका कारण ए लिगमा सीमित दर्शकलाई मात्र प्रवेश अनुमति दिइनेछ । प्रवेश पाउने दर्शकको संख्या ४ हजार ५ सय मात्र हुने फुटबल फेडेरेसन अस्ट्रेलियाले जनाएको छ । कोरोनाबाट अस्ट्रेलियामा करिब १० हजार मानिस सङ्क्रमित छन् भने १०८ जनाको ज्यान गएको छ ।
प्रकाशित समय ०६:५१ बजे

















