गृहपृष्ठ सिद्धार्थ बैंक र ११ वटा बिमा कम्पनीबीच बैंकास्योरेन्स सम्झौता

सिद्धार्थ बैंक र ११ वटा बिमा कम्पनीबीच बैंकास्योरेन्स सम्झौता

siddhartha-bank-newskarobar

सिद्धार्थ बैंकले ११ वटा बिमा कम्पनीसँग बैकास्योरेन्स सम्झौता गरेको छ । बैंकले ग्राहकलाई बैंकिङ तथा बिमा सेवामा सहज पहुँच पुर्‍याउन बिमा कम्पनीहरूसँग सम्झौता गरेको हो ।

सिद्धार्थ बैंकले नौ वटा निर्जीवन बिमा कम्पनी र दुईवटा जीवन बिमा कम्पनीसँग सम्झौता गरेको जनाएको छ । एनएलजी इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स, अलायन्स इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स, राष्ट्रिय बिमा संस्थान, सगरमाथा इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, नेको इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स गरी नौ निर्जीवन बिमा कम्पनीसँग सम्झौता गरेको छ । त्यस्तै प्राइम लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्ससँग सिद्धार्थ बैंकले सम्झौता गरेको छ ।

उत्कृष्ट बैंकिङ सेवा र वित्तीय समस्या समाधान गर्न र सबै किसिमका वित्तीय आवश्यकता एकै स्थानबाट पूरा गर्न बिमा कम्पनीहरूसँग सम्झौता गरिएको बैंकले जनाएको छ । बिमा कम्पनीसँग बैंकको सहकार्यका कारण ग्राहकको समय बचत मात्र नभई समयमै प्रिमियम तिर्ने कुरा पनि सुनिश्चित हुनेछ ।

बैंकास्योरेन्स सेवा सिद्धार्थ बैंकका देशभरका कुनै पनि शाखा सञ्जालबाट उपलब्ध हुने जनाइएको छ । देशभर सिद्धार्थ बैंकका १७६ शाखा छन् । बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधाका साथमा अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ सेवा पनि प्रदान गर्दै आएको जनाएको छ ।

प्रकाशित समय ११:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु