गृहपृष्ठ जुनसुकै बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने सुविधा हट्दै
जुनसुकै बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने सुविधा हट्दै
अन्य बैंकको एटीएमबाट पैसा निकाल्दा भोलिदेखि थप शुल्क लाग्ने भएको छ । लकडाउन अवधिभर एटीएममा ग्राहकको भिड कम गर्न र डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भन्दै बैंकहरुले यसअघि अन्तरबैंक एटीएम सेवा निशुल्क गरेका थिए ।
नेपाल बैकर्स संघसहित डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल र नेपाल वित्तीय संस्था संघले एटीएम कार्ड जुनसुकै बैंकको एटीममा प्रयोग गर्दा पनि शुल्क नलाग्ने व्यवस्था गरेका थिए । कोरोना संक्रमण रोक्ने सरकारी नीतिलाई सघाउन लागू गरिएको सो व्यवस्था बिहीबारबाट हट्ने भएपछि अब शुल्क लिने वा नलिने भन्ने निर्णय सम्बन्धित बैंकले नै गर्न पाउने भएका छन् ।
अब लकडाउन खुकुलो भएको र आवतजावत पनि सहज भएकाले बिहीबारदेखि शुल्कबारे बैंकले नै निर्णय गर्नसक्ने तीन वटै संस्थाले विज्ञप्तिमार्फत जानकारी गराएका छन् । इन्टरनेट बैंकिङबाट कारोबार गर्दा शुल्कबारे पनि नेपाल क्लियरिङ हाउसले नै निर्णय गर्ने भएको छ ।
हेर्नुहोस् सूचना :

प्रकाशित समय १५:३९ बजे

















