गृहपृष्ठ फोहोरले धार्मिक सहर जनकपुर दुर्गन्धित, विरोधमा उत्रिए युवा

फोहोरले धार्मिक सहर जनकपुर दुर्गन्धित, विरोधमा उत्रिए युवा

जनकपुरधाम उपमहानगरपालिकाले हप्तौँदेखि फोहोर नउठाएपछि धार्मिक एवं सांस्कृतिक सहर जनकपुरधाम दुर्गन्धित भएको छ । नगरभर फोहोरको थुप्रो जम्मा भएर गन्हाउन थालेपछि स्थानीय युवाले उठाएर उपमहानगर कार्यालयको गेटमै थुपारेर विरोध जनाएका छन् ।

हप्तौँदेखि जनकपुरधामको रामानन्द चोक, जानकी चोक, जानकी मन्दिर, राजदेवी मन्दिरलगायतका स्थानमा थुपरिएको फोहोर जम्मा गरेर उनीहरुले ट्रयाक्टरमा राखेर उपमहानगरको मूल ढोकामा थुपारेका हुन् । फोहोर जम्मा गरेर उपमहानगरको मूल ढोकामा थुपार्न पुगेका युवाले जनकपुरधाम उपमहानगरपालिका प्रमुख, उपप्रमुखविरुद्ध नाराबाजी गरेका थिए ।

युवा अभियन्ता सरोज मिश्रले उपमहानगरले फोहोर व्यवस्थापनको नाममा प्रत्येक वर्ष करोडौँ रकम खर्चने गरेको तर सधैँ नगर ल्यान्डफिल्ड साइट जस्तो भएको बताए । उपमहानगरलाई घच्घच्याउनकै लागि फोहोरको डंगुर मूल ढोकामा थुपार्न बाध्य भएको मिश्रको भनाइ छ । अर्का अभियन्ता सुशील कर्णले फोहोर सफाइमा नगरपालिकाले ध्यान दिनुपर्ने बताए ।

प्रकाशित समय १३:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु