गृहपृष्ठ कर्णाली प्रदेश सरकारको १७ अर्ब ९९ करोड फ्रिज, मुख्यमन्त्री कार्यालयकै ४ अर्ब ५ करोड

कर्णाली प्रदेश सरकारको १७ अर्ब ९९ करोड फ्रिज, मुख्यमन्त्री कार्यालयकै ४ अर्ब ५ करोड

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६/२०७७ का लागि विनियोजन गरेको बजेटमध्ये आधाभन्दा बढी फ्रिज भएको छ । विनियोजन भएको ३४ अर्ब ३५ करोड रुपैयाँमध्ये १७ अर्ब ९९ करोड फ्रिज भएको हो ।

प्रदेश सरकारले असार मसान्तसम्म १६ अर्ब ३६ करोड रुपैयाँ मात्रै खर्च गर्न सकेको छ । सरकारले पुँजीगततर्फ विनियोजन गरेको २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार रुपैयाँमध्ये ९ अर्ब १२ करोड, ७२ लाख २४ हजार ८ सय ४२ रुपैयाँ खर्च गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव दिलिप केसीले जानकारी दिए । उनका अनुसार सरकारले विनियोजन गरेको पुँजीगत रकममध्ये १२ अर्ब १६ करोड ६५ लाख ४७ हजार १ सय ५८ रुपैयाँ फ्रिज भएको हो । त्यस्तै सरकारले चालुतर्फ विनियोजन गरेको १३ अर्ब ५ करोड ९६ लाख ५३ हजार रकममध्ये ७ अर्ब २४ करोड २० लाख ४० हजार २ सय ५४ रुपैयाँ खर्च गरेको छ । जसमध्ये ५ अर्ब ८१ करोड ७६ लाख १२ हजार ७ सय ४६ रुपैयाँ फ्रिज भएको केसीले बताए ।

कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका लागि विनियोजन गरिएको ३ अर्ब ४३ करोड ५ लाख ७९ हजारमध्ये २ अर्ब ६५ करोड ३८ लाख ३ हजार ६ सय ६५ बजेट खर्च गरेको भएको छ । मन्त्रालयको ७८ करोड १ लाख ९५ हजार ३ सय ३५ रुपैयाँ फ्रिज भएको हो । जसमा पुँजीगततर्फ विनियोजन गरिएको १ अर्ब ९ करोड ४० लाख ५० हजारमध्ये ९४ करोड ८७ लाख ७० हजार ९ सय ९४ रुपैयाँ खर्च गरेको र १४ करोड ५२ लाख ७९ हजार ६ रुपैयाँ फ्रिज भएको छ । त्यस्तै मन्त्रालयका लागि विनियोजन गरिएको चालुतर्फ २ अर्ब ३३ करोड ६५ लाख २९ हजार रुपैयाँमध्ये १ अर्ब ७० करोड १६ लाख १२ हजार ६ सय ४१ रुपैयाँ खर्च भएको छ भने ६३ करोड ४९ लाख १६ हजार ३ सय ५९ रुपैयाँ फ्रिज भएको हो ।

त्यस्तै सामाजिक विकास मन्त्रालयका लागि विनियोजित रकम ४ अर्ब ७० करोड ७२ लाख ६९ हजारमध्ये २ अर्ब ७९ करोड ९४ लाख ३६ हजार ८ सय १० रुपैयाँ खर्च गरेको हो । मन्त्रालयको १ अर्ब ९० करोड ७८ लाख ३२ हजार १ सय ९० रुपैयाँ फ्रिज भएको हो । जसमा पुँजीगततर्फ विनियोजित १ अर्ब ७७ करोड ४७ लाख ९७ हजारमध्ये १ अर्ब १० करोड १६ लाख ७८ हजार ७ सय २८ रुपैयाँ खर्च भई ६७ करोड ३१ लाख १८ हजार २ सय ७२ रुपैयाँ फ्रिज भएको छ । त्यस्तै मन्त्रालयमा चालुतर्फ विनियोजित २ अर्ब ९२ करोड ५४ लाख ७२ हजारमध्ये १ अर्ब ७९ करोड ७७ लाख ५८ हजार ८२ रुपैयाँ खर्च भई १ अर्ब १२ करोड ७७ लाख १३ हजार ९ सय १८ रुपैयाँ फ्रिज भएको आर्थिक मामिला तथा योजना मन्त्रालयको तथ्यांक छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका लागि ५ अर्ब २८ करोड १६ लाख २८ हजार रुपैयाँ विनियोजन भएको थियो । यसमध्ये १ अर्ब २२ करोड २३ लाख ७२ हजार ९४ रुपैयाँ खर्च भई ४ अर्ब ५ करोड ९२ लाख ५५ हजार ९ सय ६ रुपैयाँ फ्रिज भएको छ ।

त्यस्तै उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका लागि विनियोजित २ अर्ब ८६ करोड ५७ लाख ४३ हजार बजेटमध्ये १ अर्ब ४७ करोड ३० लाख २९ हजार ४ सय ७१ रुपैयाँ खर्च गरेको छ । मन्त्रालयको जम्मा १ अर्ब ३९ करोड २७ लाख १३ हजार ५ सय २९ रुपैयाँ फ्रिज भएको छ । जसमध्ये पुँजीगततर्फ विनियोजित १ अर्ब ७८ करोड ४२ लाख ६२ हजारमध्ये ८५ करोड ३३ लाख ५९ हजार ३ सय १८ रुपैयाँ खर्च भई ९३ करोड ९ लाख २ हजार ६ सय ८२ रुपैयाँ फ्रिज भएको छ । त्यस्तै मन्त्रालयका लागि चालुतर्फ विनियोजित १ अर्ब ८ करोड १४ लाख ८१ हजारमध्ये ६१ करोड ९६ लाख ७० हजार १ सय ५३ रुपैयाँ खर्च भई ४६ करोड १८ लाख १० हजार ८ सय ४७ रुपैयाँ फ्रिज भएको हो ।

त्यस्तै भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि विनियोजित रकम १० अर्ब ७० करोड ४८ लाख २३ हजार मध्ये ४ अर्ब ६८ करोड ५० लाख १७ हजार ५ सय ५० खर्च गरेको छ । मन्त्रालयको ६ अर्ब १ करोड ९८ लाख ५ हजार ४ सय ५० बजेट भने फ्रिज भएको छ । जसमध्ये पुँजीगततर्फ विनियोजित १० अर्ब १५ करोड १० लाख ३१ हजार रुपैयाँमध्ये ४ अर्ब ४१ करोड ५८ लाख २ हजार ७ सय २१ रुपैयाँ खर्च भई ५ अर्ब ७३ करोड ५२ लाख २८ हजार २ सय ७९ बजेट फ्रिज भएको छ । त्यस्तै मन्त्रालयका लागि चालुतर्फ विनियोजित ५५ करोड ३७ लाख ९२ हजारमध्ये २६ करोड ९२ लाख १४ हजार ८ सय २९ खर्च भई २८ करोड ४५ लाख ७७ हजार १ सय ७१ रुपैयाँ फ्रिज भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका लागि ५ अर्ब २८ करोड १६ लाख २८ हजार रुपैयाँ विनियोजन भएको थियो । यसमध्ये १ अर्ब २२ करोड २३ लाख ७२ हजार ९४ रुपैयाँ खर्च भई ४ अर्ब ५ करोड ९२ लाख ५५ हजार ९ सय ६ रुपैयाँ फ्रिज भएको छ । जसमध्ये पुँजीगततर्फ विनियोजित ३ अर्ब ४९ करोड ३३ लाख ५० हजारमध्ये ७० करोड ५३ लाख ९१ हजार ५ सय ४८ रुपैयाँ खर्च भई २ अर्ब ७८ करोड ७९ लाख ५८ हजार ४ सय ५२ रुपैयाँ फ्रिज भएको हो । त्यस्तै मन्त्रालयका लागि चालुतर्फ विनियोजित १ अर्ब ७८ करोड ८२ लाख ७८ हजार रुपैयाँमध्ये ५१ करोड ६९ लाख ८० हजार ५ सय ४६ रुपैयाँ खर्च भई १ अर्ब २७ करोड १२ लाख ९७ हजार ४ सय ५४ रुपैयाँ फ्रिज भएको हो ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका लागि विनियोजन गरिएको ६९ करोड ९९ लाख २४ हजार बजेटमध्ये ४२ करोड ७९ लाख ५९ हजार ७ सय ८ खर्च भएको र २७ करोड १९ लाख ६४ हजार २ सय ९२ रकम फ्रिज भएको छ । जसमध्ये पुँजीगततर्फ विनियोजित ४१ करोड १५ लाख बजेटमध्ये ६ करोड ३४ लाख ७ सय ६८ खर्च भई ३४ करोड ८० लाख ९९ हजार २ सय ३२ रुपैयाँ फ्रिज भएको छ । त्यस्तै चालुतर्फ विनियोजित २८ करोड ८४ लाख २४ हजारमध्ये सबै बजेट खर्च भएको उपसचिव केसीले बताए ।

कर्णाली प्रदेश सरकारले हालसम्म एउटा आंशिक बजेटसहित तीनवटा बजेट ल्याएको छ । आर्थिक वर्ष २०७४/०७५ मा जम्मा १ अर्ब २ करोड ५ लाखको बजेट ल्याएको सरकारले ७८ करोड खर्च गरेको थियो भने २४ करोड ५ लाख बजेट फ्रिज भएको थियो ।

त्यस्तै कर्णाली प्रदेशसभाका लागि विनियोजित १६ करोड ४९ लाख ७६ हजारमध्ये १० करोड ७० लाख २१ हजार ८ सय ५२ रुपैयाँ खर्च भई ५ करोड ७९ लाख ५४ हजार १ सय ४८ फ्रिज भएको छ । मुख्यन्यायाधिवक्ताको कार्यालयका लागि विनियोजित १ करोड ६२ लाख ६३ हजारमध्ये ९३ लाख ९७ हजार ७ सय ६ रुपैयाँ खर्च भई ६८ लाख ६५ हजार २ सय ९४ फ्रिज, कर्णाली प्रदेश योजना आयोगका लागि विनियोजित ५ करोड ८५ लाख ९ हजारमध्ये १ करोड ४३ लाख २२ हजार ९ सय ८२ भई ४ करोड ४१ लाख ८७ हजार १८ रुपैयाँ फ्रिज भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।

सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले गएको आर्थिक वर्षमा कोरोना महामारीका कारण सरकारले लक्ष्यअनुरूप बजेट कार्यान्वयन गर्न नसकेको बताइन् । सरकारले ल्याएका केही ठूला योजनाहरूमा कोरोनाको प्रभाव परेको भन्दै उनले मुख्यमन्त्री रोजगार कार्यक्रम लगायतका सिँचाइ तथा खानेपानीका योजनाहरू भने सम्पन्न भएको जानकारी दिइन् ।

कर्णाली प्रदेश सरकारले हालसम्म एउटा आंशिक बजेटसहित तीनवटा बजेट ल्याएको छ । आर्थिक वर्ष २०७४/०७५ मा जम्मा १ अर्ब २ करोड ५ लाखको बजेट ल्याएको सरकारले ७८ करोड खर्च गरेको थियो भने २४ करोड ५ लाख बजेट फ्रिज भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७५/०७६ मा सरकारले २८ अर्ब २८ करोड २८ लाख २८ हजारको बजेट ल्याएको थियो । जसमध्ये ९ अर्ब ८० करोड ६५ लाख ८१ हजार रुपैयाँ खर्च भएको थियो भने १८ अर्ब ४७ करोड ६२ लाख ४७ हजार बजेट फ्रिज भएको थियो ।

आर्थिक वर्ष २०७६/०७७ का लागि सरकारले विनियोजन गरेको जम्मा ३४ अर्ब ३५ करोड बजेटमध्ये १६ अर्ब ३६ करोड बजेट खर्च गरेको छ भने १७ अर्ब ९९ करोड बजेट फ्रिज भएको छ । आगामी वर्ष २०७७/०७८ का लागि सरकारले ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजारको बजेट विनियोजन गरेको छ ।

प्रकाशित समय १४:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु