गृहपृष्ठ महालेखा नियन्त्रक कार्यालयमा सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली

महालेखा नियन्त्रक कार्यालयमा सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली

निकाय महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली (पिएएमएस) को थालनी गरेको छ । महालेखा नियन्त्रक गोपीनाथ मैनालीले बुधबार पिएएमएस सुरुवात गरेका हुन् ।

प्रथम चरणमा संघीय सरकारअन्तर्गतका कार्यालयहरु मातहत रहेको सम्पत्तिलाई विद्युतीय प्रणालीमार्फत अभिलेखन गरी प्रतिवेदन सार्वजनिक गर्ने कार्यालयले जनाएको छ । पिएएमएस प्रणालीलाई त्यसपछि क्रमशः प्रदेश तथा स्थानीय तह र एक्स्ट्रा बजेटरी निकायमा समेत विस्तार गरिनेछ । यसले मुलकको सम्पत्तिको यथार्थ स्थिति पत्ता लगाउन सहज हुने र प्रोभावी लेखा प्रणालीमा जाने आधार पनि तय हुने महालेखाले जनाएको छ ।

मुलुकको वित्तीय व्यवस्थापनलाई निरन्तर सुधार गर्दै आएको यस कार्यबाट संविधानले अपेक्षा गरेअनुरुपको आर्थिक अभिलेखलाई अन्तराष्ट्रिय लेखा प्रणालीको मान्य सिद्धान्तअनुरुप बनाउँदै जान महत्वपूर्ण कोसेढुंगा सावित हुने महालेखा नियन्त्रक मैनाली बताए ।

यसअघि राजस्व र खर्चसम्बन्धी विद्युतीय प्रणाली प्रयोगमा ल्याउँदै आएको कार्यालयले सरकारका नाममा रहेका जिन्सी तथा अन्य सम्पत्तिको विद्युतीय अभिलेख अद्यावधिक गरी वार्षिक रुपमा महालेखा परीक्षकको कार्यालयमा प्रस्तुत गर्दै आएको थियो ।

प्रकाशित समय १९:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु