गृहपृष्ठ ‘अन्तर्राष्ट्रिय अनलाइन पालम प्रतियोगिता’ मेन्छ्यायेम चरणमा

‘अन्तर्राष्ट्रिय अनलाइन पालम प्रतियोगिता’ मेन्छ्यायेम चरणमा

लकडाउनको समयलाई सदुपयोग गर्दै सञ्चालन गरिएको ‘प्रथम अन्तर्राष्ट्रिय पालम प्रतियोगिता- २०२०’ अन्तिम चरणमा पुगेको छ । आयोजक याक्थुङ कल्चरल ग्रुपले अन्तिम चरणलाई ‘मेन्छ्यायेम चरण’ नामकरण गरेको छ ।

असार १ बाट सुरु भएको प्रतियोगितामा ४ सय ५० जनाले सहभागिता जनाएका थिए । प्रतियोगिताका सहसंयोजक सागर सरगम चेम्जोङका अनुसार सहभागीमध्येबाट छनोट गरेर ३५२ जनालाई मात्र पहिलो चरणमा सहभागी गराएको थियो । यसअघिका चार चरण पार गर्दै उत्कृष्ट दश जना मेन्छ्यायेम चरणसम्म आइपुगेका हुन् ।

प्रतियोगितामा प्रथम हुनेले नगद ५० हजारसहित १ लाख रुपैयाँ बराबरको पुरस्कार प्राप्त गर्नेछ । दोस्रोलाई ४०, तेस्रोलाई २० र सान्वना हुने २ जनालाई १५/१५ हजार रुपैयाँ बराबरको पुरुस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यसबाहेक सर्वाधिक भोट ल्याउने, सबैभन्दा कम उमेर, सबैभन्दा जेष्ठ उमेर र अन्य समुदायका मध्येबाट उत्कृष्ट १ जनालाई पनि पुरुस्कार प्रदान गरिने छ ।

याक्थुङ समाजमा प्रचलित पालाम लगायतका लिम्बु संस्कृति, भाषा र साहित्य लोप हुँदै गइरहेको अवस्थामा प्रतियोगिताले त्यसको संरक्षणमा सहयोग पुग्ने आयोजकको विश्वास छ । हराउँदै गएको संस्कृतिप्रति युवाहरुलाई जागरुक बनाउन पनि कार्यक्रमले अवसर प्रदान गरेको उनीहरुको भनाइ छ ।

प्रकाशित समय १४:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु