गृहपृष्ठ नेपालमा कोरोना संक्रमण भयावह बन्दै ! एकैदिन ५ जनाको मृत्यु
नेपालमा कोरोना संक्रमण भयावह बन्दै ! एकैदिन ५ जनाको मृत्यु
चार महिना लामाे लकडाउन खुलेसँगै नेपालमा काेराेना संक्रमण तीव्र रूपमा फैलिइरहेको छ । संक्रमणदर न्यून हुँदै जानुपर्नेमा यसकाे ग्राफ दिनहुँ उकालाे लागिरहेकाे छ । कोरोनाभाइरसका कारण बुधबार एकैदिन देशभर पाँच जनाको मृत्यु भएको छ ।
आज काठमाडौंमा एक जना तथा वीरगन्ज र विराटनगरमा दुई/दुई जनाको मृत्यु भएको हो । विराटनगरमा मृत्यु भएका ४५ वर्षीय दुई पुरुषको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो । उनीहरुको रिपोर्ट नआउँदै ज्यान गएको हो । बुधबार वीरगन्जमा बान्ता लागेपछि सोमबार राति अस्पताल लैजाने क्रममा मृत्यु भएकी १८ वर्षीया युवतीमा कोरोना संक्रमण पुष्टि भएको हो । यसैगरी कोरोना संक्रमण पुष्टि भएपछि मंगलबार मात्र अस्पताल भर्ना भएका ४८ वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।
सर्लाहीको मलंगवा घर भएकी ६५ वर्षीया ती महिलाकाे बुधबार साँझ काठमाडौंको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसका कारण नेपालमा ६३ जनाको मृत्यु भएको छ ।
प्रकाशित समय १९:२३ बजे

















