गृहपृष्ठ प्रचण्डको सुरक्षामा खटिएका ६ जनामा कोरोना पुष्टि
प्रचण्डको सुरक्षामा खटिएका ६ जनामा कोरोना पुष्टि
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का एवं पूर्वप्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सुरक्षार्थ खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रचण्ड सचिवालय स्रोतका अनुसार गेटमा खटिने सेन्ट्री टोली लगायतमा खटिने सुरक्षाकर्मीमा संक्रमण पुष्टि भएको हो । पहिलो घेरामा रहेका सुरक्षाकर्मीहरुमा संक्रमण देखिएको सचिवालयले जनाएकाे छ ।
सुरक्षाकर्मीहरूमा काेराेना देखिएपछि प्रचण्ड सहितको कोरोना टेष्ट गरिएको र सबै जनाकाे रिपोर्ट नेगेटिभ आएको सचिवालयले जानकारी दिएकाे छ । ६ जनाको रिपोर्ट पोजेटिभ आएपछि नेकपा अध्यक्ष प्रचण्डले आवश्यक स्वास्थ्य सुरक्षामा ध्यान दिन सचिवालय र आफ्नो सुरक्षामा खटिएका सबै सुरक्षाकर्मीलाई आग्रह गरेका छन् ।
प्रकाशित समय १३:५६ बजे

















