गृहपृष्ठ लकडाउन खुलेपछि काठमाडौंमा एकैदिन अहिलेसम्मकै धेरै संक्रमित

लकडाउन खुलेपछि काठमाडौंमा एकैदिन अहिलेसम्मकै धेरै संक्रमित

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनहुँजसो बढ्ने क्रममा रहेको छ । बिहीबार काठमाडौं उपत्यकामा ८७ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंका ७६, भक्तपुरका १ र ललितपुरका १० जना छन् । उपत्यकामा संक्रमितको यो संख्या लकडाउन खुलेपछि अहिलेसम्मकै बढी हो ।

बुधबार काठमाडौंका ५७ र ललितपुरका ५ जना गरी ६२ जनामा संक्रमण देखिएको थियो । त्यसदिन देशभर ३ सय ८१ जना संक्रमित थपिएका थिए । मंगलबार पनि उपत्यकाका तीन जिल्लामा ६२ जना संक्रमित भेटिएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४८, भक्तपुरमा १३ र ललितपुरमा १ जनामा संक्रमण देखिएको थियो ।

सोमबार भने काठमाडौं उपत्यकामा ५१ जना संक्रमित भेटिएका थिए । मन्त्रालयका अनुसार उनीहरुमध्ये काठमाडौंका ४६ र भक्तपुरका ५ जना हुन् ।

बिहीबार ३ सय ६० जनामा संक्रमण देखिएको छ । हालसम्म देशभर संक्रमितको संख्या २१ हजार ७ सय ५० पुगेको मन्त्रालयले जनाएकाे छ । संक्रमितमध्ये १५ हजार ३ सय ८९ जना उपचारपछि घर फर्किएका छन् ।

प्रकाशित समय १८:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु