गृहपृष्ठ बहुदरमाई नगरपालिकामा मेयरसहित थप ५४ जनालाई कोरोना संक्रमण
बहुदरमाई नगरपालिकामा मेयरसहित थप ५४ जनालाई कोरोना संक्रमण
पर्साको बहुदरमाई नगरपालिकाका प्रमुख नितेन्द्र प्रसाद साहसहित थप ५४ जना कोरोनामा संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर ल्याबमा गरिएको पछिल्लो परीक्षणमा थप ५५ जनामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ । थपिएका संक्रमितमध्ये बिहीबार राति मृत्यु भएको वीरगञ्ज महानगरपालिका- ३, छपकैयाका ७४ वर्षीय पुरुष पनि रहेका छन् ।
संक्रमितमध्ये पर्साको बहुदरमाई नगरपालिकाका नगरप्रमुख ४० वर्षीय नितेन्द्र प्रसाद साह पनि रहेका छन् । ८ महिला रहेका संक्रमितहरु २० वर्षदेखि ७४ वर्ष उमेर समुहका रहेका छन् । संक्रमितमध्ये २ दुगड ग्रुपका कर्मचारी, नेपाल आर्मीका एक जना कर्मचारी र नारायणी अस्पतालको ल्याबमा कार्यरत एक जना कर्मचारी रहेका पनि छन् ।
शनिबार थपिएका संक्रमितहरुमध्ये केही मास ट्रेसिङमा परेका, केही कन्ट्याक्ट ट्रेसिङमा परेका र केहीले स्वेच्छाले आफ्नो पीसीआर परीक्षण गराएका रहेको नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बताए । थपिएका संक्रमितमध्ये ३ जना बारा जिल्ला र १ जना सर्लाही जिल्लाका रहेका छन् । बाँकी सबै वीरगञ्ज महानगरपालिकासहित पर्साका अन्य स्थानीय तहका रहेका मेसु उपाध्यायले जानकारी दिए ।
संक्रमितहरु मध्ये एक जना वीरगञ्ज महानगरपालिका वडा नं. ४ विर्ताकी एक २२ वर्षीय युवती, वडा नं. ७ रेशमकोठी का एक २२ वर्षीय पुरुष, एक जना वीरगञ्ज वडा नं. ९ की ६० वर्षीय महिला, वडा नं. १० का एक जना २२ वर्षीय महिलासहित २४ ३७, ५०/५० वर्षीय गरि ४ जना पुरुष रहेका छन् । त्यसैगरी वडा नं. ११ श्रीपुरका एक ३७ वर्षीय पुरुष र एक ५० वर्षीय महिला गरी २ जना रहेका छन् । वडा नं. १२ मुर्लीका एक ४९ र एक ६० वर्षीय २ पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै वीरगञ्ज महानगरपालिका वडा नं. १६ नगवाका २४ वर्षका २, ३८ र ५० वर्षका एक/एक गरि वर्षीय गरी ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्साको विश्रामपुर हेल्थ पोस्थमा गरिएको कन्ट्याक्ट ट्रेसिङमा परेका ८ जना, नगरदाहा हेल्थ पोस्टको कन्ट्याक्ट ट्रेसिङमा परेका एक जना, बहुदरमाई नगरपालिका भावाराटारका ४ जना, बैरियाका २ जना, बहुवारी पिडारीका ४ जना रहेका छन् ।
बारा जिल्लाको मनरहवाका ४० वर्षीय पुरुष, कलैया उपमहानगरपालिका वडा नं. १० का ३१ वर्षीय पुरुष र भलुही भरवालियाका ३० वर्षीय पुरुष संक्रमित भएका छन् सर्लाही जिल्लाका एक १६ वर्षीय पुरुष पनि संक्रमपत भएका छन् ।
प्रकाशित समय १२:०५ बजे
















