गृहपृष्ठ जनकपुरका पूर्वमेयर कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु

जनकपुरका पूर्वमेयर कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु

जनकपुरका पूर्वमेयर कृष्ण गिरीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । काठमाडौंको मेडिसिटी अस्पतालमा उपचाररत गिरीको मंगलबार राति १२ बजेतिर मृत्यु भएको अस्पतालका एक स्वास्थ्यकर्मीले पुष्टि गरेका छन् ।

पारिवारिक स्रोतका अनुसार तीन सातायता उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो । स्वास्थ्य ७२ वर्षीय गिरीको स्वास्थ्यमा थप समस्या आएपछि एक सातादेखि भेन्टिलेटरमा राखिएको थियो ।

स्वासप्रस्वासमा समस्या भएपछि उनलाई हेलिकप्टर चार्टर गरी काठमाडौं ल्याइएको थियो । उपचार गर्न अस्पताल भर्ना भएकै समयममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । गिरी २०४२ सालदेखि चार वर्ष जनकपुरको मेयर बनेका थिए । उनी जनकपुरको होटल रामाका सञ्चालक पनि थिए ।

प्रकाशित समय १२:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु