गृहपृष्ठ काठमाडौँमा एकैदिन अहिलेसम्मकै धेरैलाई कोरोना संक्रमण पुष्टि
काठमाडौँमा एकैदिन अहिलेसम्मकै धेरैलाई कोरोना संक्रमण पुष्टि
आज काठमाडौँ उपत्यकामा थप १३८ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौँका १०९, भक्तपुरका ८ र ललितपुरका २१ जना छन् । संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो ।
उपत्यकामा मंगलबार १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमा काठमाडौँका १ सय १०, ललितपुरका १४ र भक्तपुरका १० जना थिए । सोमबार काठमाडौँमा ३६, भक्तपुरमा ४ र ललितपु्रमा ४ गरी उपत्यकाभित्र ४४ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसअघि उपत्यकामा ९२ जना संक्रमित भेटिएका थिए । आइतबार थपिएका संक्रमितहरु काठमाडौंका ९० र ललितपरका २ जना हुन् ।
साउन २४ मा उपत्यकाभर ५६ जनामा कोरोना संक्रमण देखिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार त्यस दिन काठमाडौंमा ५०, भक्तपुरमा ३ र ललितपुरमा ३ जनालाई संक्रमण पुष्टि भएको हो । साउन २३ मा काठमाडौँमा १०६ संक्रमित थपिएका थिए । यसमा काठमाडौंमा ८८, भक्तपुरमा ८ र ललितपुरमा १० छन् । साउन २१ मा काठमाडौंमा ६२ जनामा संक्रमण पुष्टि भएको थियो । जसमा ललितपुरमा ५, काठमाडौंमा ५७ छन् ।
कोरोनाभाइरसबाट बुधबार देशभर थप ८ जनाको मृत्यु भएको छ । काठमाडौँमा मात्र आज ५ जनाले ज्यान गुमाएका छन् । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा देशभर १० हजार ४ सय ८१ पीसीआर परीक्षण भएका थिए भने थप ४ सय ८४ जनामा संक्रमण पुष्टि भएको छ । आज ६४ जना कोरोनामुक्त भई घर फर्केका छन् । आजसम्म संक्रमणमुक्त हुनेको संख्या १६ हजार ७ सय २८ पुगेको छ ।
प्रकाशित समय १८:२३ बजे

















