गृहपृष्ठ ग्लोकल आफ्टर स्कुलद्वारा दक्षिण एसियाली युवा महोत्सव २०२० को आयोजना
ग्लोकल आफ्टर स्कुलद्वारा दक्षिण एसियाली युवा महोत्सव २०२० को आयोजना
ग्लोकल आफ्टर स्कुलले दक्षिण एसियाली युवा महोत्सव २०२० आयोजना गरेको छ । ग्लोकलले अगस्ट १२ गते अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर दक्षिण एसियाली युवा महोत्सव घोषणा गरेको हो ।
अगस्ट १२ देखि तीन हप्ता चल्ने महोत्सव विभिन्न प्रतियोगिताका विजेताहरुको घोषणसँगै सेप्टेम्बर ३ तारिकका दिन समापन हुनेछ । सहभागिताका लागि आवेदन १२ अगस्टबाटै सुरु भइसकेको छ । यो कार्यक्रम दक्षिण एसियाली संस्थाहरुको समायोजनमा गर्न लागिएको हो । युनिसेफ– रोसा, युनेस्को, ए२१ क्याबिनेट डिभिजन बंगलादेश, यूएनडिपी, नेसनल युथ काउन्सिल नेपाल, सिवाइडिए इन्डिया, सिवाइएन श्रीलंका, पिनाकल कन्सल्टेन्सी प्रा. लि. माल्दिभ्स, डायनामिक युथ अफगानिस्तान, माल्दिभ्स नेसलन युथ काउन्सिल, कोकाकोला, टर्किस एयरलाइन्स र साउथ–साउथ नेटवर्क यसमा आबद्ध छन् ।
महोत्सवअन्तर्गत सहभागीले विभिन्न सीपमा आधारित कुशल कार्यशाला, रचनात्मक प्रतिस्पर्धा एवं प्यानल छलफल जस्ता विभिन्न गतिविधिमा निःशुल्क भाग लिन पाउनेछन् । महोत्सवमा दक्षिण एसियाली देशहरूबाट १४(२४ वर्ष उमेरका युवा भाग लिन पाउनेछन् ।
दक्षिण एसियाली युवा महोत्सव २०२० दक्षिण एसियाली देशका युवालाई जम्मा गर्न, उनीहरूसँग जोड्न, साझेदारी गर्न र उनीहरूको दृष्टिकोण जान्न र यी समूहबीचको बलियो सम्बन्धलाई अभिव्यक्त गर्ने उद्देश्यले आयोजना गरिएको हो । महोत्सव अनलाइन आयोजित भइरहेको छ । महोत्सवको सुरुवात दक्षिण एसियाली देशहरूका सरकार, राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिनिधि तथा प्रेरणादायक युवाको ओपनिङ प्यानलबाट भएको थियो ।
प्रकाशित समय १२:३७ बजे

















