गृहपृष्ठ सानिमा जनरल इन्स्योरेन्सको ३५ करोड बिमा शुल्क संकलन, नाफा साढे ५ करोड
सानिमा जनरल इन्स्योरेन्सको ३५ करोड बिमा शुल्क संकलन, नाफा साढे ५ करोड

सानिमा जनरल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा ३५ करोड २६ लाख रुपैयाँ कुल बिमा शुल्क संकलन गरेको छ । यो बिमा शुल्क अघिल्लो वर्षको भन्दा ७९ प्रतिशत धेरै हो । अघिल्लो वर्ष कम्पनीले १९ करोड ६२ लाख रुपैयाँ कुल बिमा शुल्क संकलन गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीले ५ करोड ५६ लाख रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको सोही अवधिमा सानिमा जनरल इन्स्योरेन्सको खुद नाफा ३ करोड ६२ लाख रुपैयाँ थियो । कम्पनीको खुद नाफा अघिल्लो वर्षको तुलनामा ५३ प्रतिशतले बढेको हो ।
कम्पनीको चुक्ता पुँजी ७० करोड रुपैयाँ छ । त्यस्तै जगेडा कोषमा ४ करोड ९८ लाख रुपैयाँ र बिमा कोषमा ४ करोड ९८ लाख रुपैयाँ सञ्चित छ । चौथो त्रैमाससम्ममा कम्पनीले ८०७ वटा बिमा दाबीबापत ६ करोड ५६ लाख रुपैयाँ भुक्तानी गरको छ भने ४०६ वटा बिमा दाबीबापतको ७ करोड ७० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।
प्रकाशित समय १२:४१ बजे