गृहपृष्ठ कर्णालीमा थप पाँच जनामा कोरोना
कर्णालीमा थप पाँच जनामा कोरोना
कर्णाली प्रदेशमा थप पाँच जनामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार शुक्रबार तीन जिल्लाका पाँच जनामा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण देखिएको हो । संक्रमित दैलेख, जुुम्ला र सल्यान जिल्लाका छन् ।
प्रदेश अस्पताल, पशुुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा सल्यानका एक, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुुम्लाका एक र दैलेख अस्पतालमा गरिएको परीक्षणमा दैलेखका तीन जनामा कोरोना संक्रमण देखिएको हो । महाशाखाका प्रमुुख डा. लक्ष्मीनारायण तिवारीले हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या दुुई हजार ५७ पुुगेको जानकारी दिए, जसमध्ये एक हजार नौ सय आठ जना निको भएका छन् ।
शुुक्रबार मात्रै सात जना कोभिड–१९ संक्रमणमुुक्त भएर घर फर्किएको तिवारीले बताए । कर्णालीमा अब सक्रिय कोरोना संक्रमितको संख्या १४३ रहेको छ । प्रदेशमा हालसम्म ४६ हजार ६४३ जनाको पिसिआर परीक्षण गरिएको छ ।
प्रकाशित समय १५:३२ बजे

















