गृहपृष्ठ कोरोना कोषमा सनराइज बैंकको ८० लाख सहयोग
कोरोना कोषमा सनराइज बैंकको ८० लाख सहयोग
सनराइज बैंकले कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारलाई ७९ लाख ४४ हजार ४७६ रुपैयाँबराबरको रकम सहयोग गरेको छ । सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम हस्तान्तरण गरेको हो ।
बैंक सञ्चालक समिति सदस्य शारदा शर्मा पुडासैनीले अर्थमन्त्री डा. युवराज खतिवडालाई शुक्रबार रकम हस्तान्तरण गरेकी छन् । रकम हस्तान्तरण कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र नायब महाप्रबन्धक आरती राज्यलक्ष्मी राणाको पनि उपस्थिति थियो । प्रदान गरिएको रकमबाट कोरोना संक्रमण रोेकथाम तथा उपचारका लागि सहयोग पुग्ने बैंकको विश्वास छ ।
रकम बुझ्दै अर्थमन्त्री डा. खतिवडाले सहयोग संस्थागत सामाजिक उत्तरदायित्वको प्रशंसनीय उदाहरण भएको बताए । सनराइज बैंकले यसअघि पनि देशका विभिन्न प्रदेश सरकार तथा स्थानीय तह र अस्पतालहरुलाई कोरोनासँग लड्न अत्यावश्यक सामग्री पिपिइ, स्यानिटाइजर, मास्कलगायत प्रदान गर्दै आएको थियो ।
प्रकाशित समय १५:५० बजे

















