गृहपृष्ठ १० हजार घुससहित नायब सुब्बा पक्राउ

१० हजार घुससहित नायब सुब्बा पक्राउ

akhtiyar-newskarobar

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग बबरमहल काठमाडौंका नायब सुब्बा शिवशंकर महतो १० हजार घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

महतोलाई फर्मको दर्ता प्रमाण-पत्रसँग सम्बन्धी कामका लागि आएका सेवाग्राहीबाट घुस लिएको सूचनाको आधारमा कार्यालय नजिकैबाट पक्राउ गरिएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए । उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

प्रकाशित समय ०८:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु