गृहपृष्ठ संसदको नयाँ लोगो अस्वीकार
संसदको नयाँ लोगो अस्वीकार
संसद सचिवालयले सांसदहरूका लागि बनाएको नयाँ लोगो अस्वीकार गरेको छ । सचिवालयले बुधबार विज्ञप्ति जारी गरी घरेलु तथा साना उद्योग कार्यालय ललितपुरबाट प्राप्त भएका ब्याच पिनहरूमा संरचनागत र साजसज्जासम्बन्धी समस्या देखिएकाले सुधार र परिमार्जनमा लागि मंगलबार नै फिर्ता पठाइएको जनाएको हो ।
संसद सचिवालयले भदौ १ गते नयाँ लोगो भन्दै ट्विटरबाट सार्वजनिक गरेपछि सामाजिक सञ्चालहरूमा त्यसको गुणस्तर र फिनिसिङलाई लिएर तीव्र विरोध भएको थियो । लोगो आफूले डिजाइन गरेको भन्दा केटाकेटीले खेलेको जस्तै भद्दा बनेको भन्दै टेकवीर मुखियाले पनि तीव्र असन्तुष्टि जनाएका थिए । उनले बरू आफूले लिएको पारिश्रमिकसमेत फिर्ता दिने बताएका थिए । त्यस्तै कतिपय सांसदहरूले पनि यस्तो लोगो लगाउन नसक्ने भन्दै विरोध जनाएका थिए ।
प्रकाशित समय १४:२१ बजे


















