गृहपृष्ठ बुधबार ६८१ जना कोरोना संक्रमित थपिए

बुधबार ६८१ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टाभित्र थप ६८१ जनामा कोरोनाभाइरसकाे स‌ंक्रमण पुष्टि भएकाे छ । योसँगै देशभर संक्रमितको कुल संख्या २८ हजार ९३८ पुगेको छ । सो अवधिमा ११ हजार ५ सय २२ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थप १५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंका १३४, ललितपुरका १७ र भक्तपुरका ८ जना रहेका छन् ।

१२० जना कोरोना संक्रमित डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले जानकारी दिए । यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १७ हजार ७०० पुगेको छ ।

हाल देशभर १३ हजार ५ सय ७१ जना क्वारेन्टिनमा रहेका छन् । देशभर सक्रिय संक्रमित ११ हजार १ सय १८ छन् ।

यसैबीच पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । हालसम्म नेपालमा  काेराेना संक्रमणबाट ज्यान गुमाउनेकाे संख्या १२० पुगेको छ ।

प्रकाशित समय १६:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु