गृहपृष्ठ क्रिस्टल फाइनान्सको इजाजत पत्र खारेज
क्रिस्टल फाइनान्सको इजाजत पत्र खारेज
क्रिस्टल फाइनान्सको इजाजत पत्र खारेज भएको छ । नेपाल राष्ट्र बैंकबाट २०५८ साल फागुन ८ गते इजाजत पाएको क्रिस्टल फाइनान्सको इजाजत पत्र बुधबारदेखि लागू हुने गरी खारेज भएको हो ।
बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा ८० को उपदफा २ बमोजिम क्रिस्टल फाइनान्सको इजाजत पत्र खारेज भएको राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले जनाएको छ ।
सो फाइनान्स कम्पनीलाई २०६९ असोज ९ मा समस्याग्रस्त घोषणा गरिएको थियो । सो फाइनान्सले सञ्चालक, संस्थापक तथा उनीहरू सम्बद्ध व्यक्ति तथा कम्पनीहरुलाई रु.४४ अर्ब ५९ हजार ५७ हजार कर्जा प्रवाह गरेकोमा त्यो ऋण उठ्न नसक्ने अवस्था भएपछि समस्याग्रस्त घोषणा गरिएको थियो ।
राष्ट्र बैंकले २०७१ कात्तिकमा हिमालय फाइनान्स र क्रिष्टल फाइनान्सलाई लिक्विडेशनमा लैजाने निर्णय गरेको थियो । यो निर्णयको ६ वर्षपछि बल्ल खारेजी गरिएको हो ।
प्रकाशित समय ११:५० बजे

















