गृहपृष्ठ गण्डकीमा थप २४ जनालाई कोरोना संक्रमण
गण्डकीमा थप २४ जनालाई कोरोना संक्रमण
गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौमा भएको परीक्षणमा २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
कास्कीका १६, तनहुँका ३, स्याङ्जाका ३, नवलपुरका ३, बागलुङका १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकी निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए । योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ८ सय ६८ जना मा पुगेको छ ।
निर्देशक शर्माका अनुसार प्रदेशका ९ जिल्लाका अस्पतालका आइसोलेसनमा २ सय ६९ जना संक्रमितको उपचार भइरहेको छ । गण्डकी प्रदेशमा अहिलेसम्म १ हजार ५ सय ९२ जना निको भएर घर फर्किएका छन् भने ७ जनाको मृत्यु भएको छ ।
प्रकाशित समय १४:५८ बजे
















