गृहपृष्ठ प्लाज्मा थेरापी गरिएका संक्रमितको मृत्यु
प्लाज्मा थेरापी गरिएका संक्रमितको मृत्यु
फाइल तस्बिर ।
कोरोनाभाइरस संक्रमणबाट सुनसरीको धरानमा थप एकजनाको ज्यान गएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत धरान- १५ का ६७ वर्षीय पुरूषको शनिबार मृत्यु भएको हो ।
उनको उपचारको क्रममा शनिबार दिउँसो निधन भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । ती संक्रमित पुरूषको शुक्रबार प्लाज्मा थेरापी गरिएको थियो ।
उच्च रक्तचापका बिरामी रहेका उनको साउन २७ गतेको पीसीआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थियो । एक हप्तादेखि अत्यधिक खोकी, स्वास फेर्न समस्या तथा ज्वरो आएका कारण धरानस्थित क्वारेन्टिनबाट उनलाई साउन २७ गते अस्पताल भर्ना गरिएको थियो ।
हालसम्म प्रदेश १ मा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । यसमध्ये मोरङका १३ र धरानका २ जना रहेका छन् ।
प्रकाशित समय १६:११ बजे

















