गृहपृष्ठ कोरोनाबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या १९२ पुग्यो

कोरोनाबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या १९२ पुग्यो

विश्वव्यापी महामारी कोरोनाभाइरस (कोभिड १९) संक्रमणबाट यो साता विदेशमा थप एक जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता लग्जम्वर्गमा एक जनाको निधन भएको हो ।

शनिबार साँझसम्म विदेशमा १६ देशमा १९२ नेपालीको निधन भएको छ । अस्ट्रेलिया, स्पेन, बेल्जियम, भारत, माल्टा, कतार, साउदी अरबलगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको छ ।

विश्वका ३८ देशमा रहेका नेपाली कोरोनाभाइरसबाट संक्रमित भएको समितिले जनाएको छ । स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार अस्ट्रेलिया र युरोपका केही देशमा कोभिड १९ को दोस्रो वेभ (दोस्रो लहर) सुरु भइसकेको छ । सापकोटाले कोरोनाभाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिरहेको अवस्थामा सबै नेपाली समुदायलाई सजक रहन आग्रह गरेका छन् ।

कोरोनाभाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की नेदरल्यान्ड, स्विडेन, भारत, साउथ अफ्रिकालगायत १६ देशमा रहेका नेपालीको ज्यान हो । हालसम्म नेपालबाहेक विदेशमा मात्र ३४ हजार ३०१ जनामा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ९३.५ प्रतिशत अर्थात ३२ हजार २५३ जना कोरोनामुक्त भएको समितिले जनाएको छ ।

प्रकाशित समय १३:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु