गृहपृष्ठ गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २०२२ पुग्यो
गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण, संक्रमित संख्या २०२२ पुग्यो
गण्डकी प्रदेशमा बिहीबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका चार जिल्लाअन्तर्गत नवलपुरमा ८, लमजुङमा २, तनहुँमा ४ र कास्कीमा ३ जनामा कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
कास्कीको पोखरा महानगरपालिका ३० का ५० वर्षीया महिला र पोखरामा कार्यरत दुई पर्यटक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी नवलपुरमा विनय त्रिवेणीका ४ महिला र २ पुरुष, देवचुलीका १ महिला र १ पुरुष, लमजुङ मर्स्याङ्दीका एक महिला र बेँसीसहरका एक पुरुष, तनहुँको शुक्लागण्डकीका २ र व्यासका २ जना पुरुषमा कोरोना पुष्टि भएको उनले बताए ।
नवलपुर र लमजुङमा १ जनामा कोरोना पुष्टि भएको छ । संक्रमित सबैमा कन्ट्याक ट्रेसिङबाट कोरोना देखिएको हो । गण्डकी प्रदेशमा अहिलेसम्म २ हजार २२ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्ये १ हजार ६ सय ७६ जना निको भएका छन् भने ९ जनाको मृत्यु भएको छ ।
प्रकाशित समय १२:५९ बजे
















