गृहपृष्ठ ३६ हजार नाघ्यो कोरोना संक्रमितको संख्या, थप ९२७ जनामा संक्रमण
३६ हजार नाघ्यो कोरोना संक्रमितको संख्या, थप ९२७ जनामा संक्रमण
नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ३६ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा १० हजार २२९ पीसीआर गर्दा देशका विभिन्न जिल्लाका ९ सय २७ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्लामा अहिलेसम्मकै धेरै ४ सय १५ जनामा कोरोना संक्रमण भएको छ । काठमाडौंमा ३ सय ५० जना, भक्तपुरमा ५४ जना र लतिलपुरमा ११ जनामा कोरोना संक्रमण भएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विभिन्न जिल्लामा थपिएका ९ सय २७ जनासहित देशभर संक्रमितको संख्या ३६ हजार ४ सय ५६ पुगेको जानकारी दिए । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण निको भई १६९ जना डिस्चार्ज भएका छन् । योसहित २० हजार २ सय ४२ जना उपचारपछि घर फर्किएका छन् । यस्तै देशभर सक्रिय संक्रमितको संख्या १६ हजार १९ रहेको छ ।
संस्थागत आइसोलेशनमा ९ हजार ५७३ र होम आइसोलेसनमा ६ हजार ४४६ जना रहेका छन् । हालसम्म नेपालमा काेराेनाका कारण १ सय ९५ जनाको ज्यान गएको छ ।
प्रकाशित समय १६:३३ बजे

















