गृहपृष्ठ रिलायन्स लाइफको आईपीओ बाँडफाँड
रिलायन्स लाइफको आईपीओ बाँडफाँड
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले भदौ ४ गतेदेखि निष्कासन गरेको कम्पनीको आईपीओ शुक्रबार बिक्री प्रबन्धकको कार्यालय सानिमा क्यापिटलमा बाँडफाँड भएको हो ।
सानिमा क्यापिटलका अनुसार कम्पनीको आईपीओमा ५ लाख ८९ हजार ४६४ जनाबाट आवेदन परेको छ । त्यसमध्ये एक हजार ९५५ वटा आवेदनहरु रद्द भएका छन् भने ५ लाख ८७ हजार ५०९ वटा योग्य आवेदन परेका छन् । कम्पनीको आईपीओमा २० हजार ५०९ जनाले आइपीओ नपाउने भएका छन्।
कम्पनीले ६३ करोड रुपैयाँबराबरको ६३ लाख कित्ता सेयर निष्कासनमा ल्याएको थियो । त्यसमध्ये सामूहिक लगानी कोषहरुका लागि ३ लाख १५ हजार कित्ता र कर्मचारीहरुका लागि पनि ३ लाख १५ हजार कित्ता सेयर छुट्याएर बाँकी ५६ लाख ७० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरिएको थियो ।
प्रकाशित समय १६:४८ बजे

















