गृहपृष्ठ कर्णालीमा १३ जना संक्रमित थपिए

कर्णालीमा १३ जना संक्रमित थपिए

कर्णालीमा शनिबार थप १३ जनामा कोरोनाभाइरस (कोभिड- १९) संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये कर्णालीका तीन र बाँकी अन्य प्रदेशका तीन जिल्लाका रहेका छन् ।

कर्णाली प्रदेश/पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको आरटी-पीसीआर परीक्षणमा एघार जना र चौरजहारी पीसीआर परीक्षण प्रयोशाला रुकुमपश्चिममा गरिएको परीक्षणमा दुईजनामा संक्रमण पुष्टि भएको हो ।

कर्णाली प्रदेश/पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा कोरोना पुष्टि भएकाहरुमा वीरेन्द्रनगर नगरपालिका ३, भेरीगंगा नगरापालिकाका १, लेकवेशी नगरपालिकाका २ र बराहताल गाउँपालिकाका १ गरी सुर्खेत जिल्लाभर ७, जुम्लाको तातोपानी गाउँपालिकाका १, बारा जिल्लाका १, मकवानपुरका १ र मोरङका १ जना रहेको प्रदेश स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका प्रमुख बृषबहादुर शाहीले रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकाका २ जनामा कोरोना पुष्टि भएको बताए । योसँगै कर्णाली प्रदेशमा कोरोनाभाइरस पुष्टि हुनेको संख्या २ हजार ३ सय ७६ पुगेको छ । गत २४ घण्टामा प्रदेशभर कोरोनामुक्त हुनेको संख्या १८ पुगेपछि जम्मा कोरोनामुक्त हुनेहरुको संख्या २ हजार ८४ पुगेको हो । प्रदेशका विभिन्न अस्पताल, आइसोलेशन सेन्टर र होमआइसोलेशनमा कोरोनाका सक्रिय बिरामी भने ३ सय १२ जना रहेको शाहीले जानकारी दिए ।

प्रकाशित समय १८:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु