गृहपृष्ठ काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको मेयर शाक्यको सचिवालयले जनाएको छ ।
श्रीमतीलाई सञ्चो नभएपछि दुई दिनअघि उनले परीक्षणका लागि ग्राण्डी अस्पतालमा स्वाब दिएका थिए । उनकी पत्नीलाई भने कोरोना संक्रमण देखिएन ।
सचिवालयका अनुसार कोरोना संक्रमणको कुनै लक्षण नदेखिएका मेयर शाक्यलाई र हाल उनी होम आइसोलेसनमा बसेका छन् । श्रीमतीको रिपोर्ट भने नेगेटिभ आएको छ ।
प्रकाशित समय १८:५० बजे

















