गृहपृष्ठ सेयर बजार २२ अंकले बढ्यो, साढे ३ अर्बको कारोबार
सेयर बजार २२ अंकले बढ्यो, साढे ३ अर्बको कारोबार
सेयर बजार परिसूचक नेप्से सोमबार २२ अंकले बढेको छ । होटलबाहेकका सबै समूह उकालो लागेपछि समग्र बजार परिसूचक २२.३१ अंकले बढेर १४८४.९९ अंकमा पुगेको हो ।
सबैभन्दा धेरै अन्य समूह ४.१२, जलविद्युत ३.४३, निर्जीवन बिमा ३.२, उत्पादनमूलक ३.०४, जीवन बिमा २.८८ र व्यापार समूह २.०६ प्रतिशतले बढेका छन् । १८९ कम्पनीको ७७ लाख ६३ हजार ५६ कित्ता सेयर ३ अर्ब ४६ करोड २५ लाख रुपैयाँबराबरको कारोबार भएको छ । यो कारोबार रकम आइतबारको तुलनामा १ अर्ब ८५ करोड धेरै हो ।
सोमबार आठवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल रिइन्स्योरेन्स कम्पनी, उन्नति सहकार्य लघुवित्त, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, सिनर्जी पावर, अरुण काबेली पावर, रैराङ हाइड्रोपावर, पाँचथर पावर र युनियन हाइड्रोपावरको सेयर मूल्यमा सर्किट लागेको हो ।
प्रकाशित समय १८:४२ बजे

















