गृहपृष्ठ अमेरिकामा कोभिड-१९ संक्रमितको संख्या ६२ लाख नाघ्यो

अमेरिकामा कोभिड-१९ संक्रमितको संख्या ६२ लाख नाघ्यो

विश्वभर महामारीको रूपमा फैलिएको कोरोनाभाइरस संक्रमितको संख्या अमेरिकामा ६२ लाख नाघेको छ । वर्ल्डोमिटरका अनुसार अमेरिकामा ६२ लाख १४ हजार मानिस संक्रमित भएका हुन् ।

यो संख्या विश्वभर कोभिड–१९ संक्रमण पुष्टि भएका कुल संक्रमितको करिब एक चौथाइ हो । अमेरिकामा एक महिनाको अवधिमा करिब १० लाख संक्रमित थपिएका छन् ।

चीनको वुहानबा डिसेम्बर ३१ देखि कोभिड–१९ संक्रमण फैलिए पनि अमेरिकामा पहिलो संक्रमित जनवरी २१ मा भेटिएको थियो । अमेरिकामा मंगलबारसम्ममा एक लाख ८७ हजारभन्दा बढीको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

अमेरिकापछि बढी संक्रमण ब्राजिलमा ३९ लाखभन्दा बढी छन् भने तेस्रो धेरै संक्रमित संख्या भारतमा छन् । भारतमा ३७ लाख ३३ हजारभन्दा बढी संक्रमित भएका छन् भने ६५ हजार ९२२ जनाको ज्यान गइसकेको छ ।

प्रकाशित समय २०:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु