गृहपृष्ठ फेरि बढ्यो पेट्रोलको मूल्य

फेरि बढ्यो पेट्रोलको मूल्य

petrol mulya-newskarobar

सरकारले पेट्रोलको मूल्य फेरि बढाएको छ । नेपाल आयल निगमका अनुसार मंगलबार मध्यरातपछि लागू हुनेगरी लिटरमा २ दुई रुपैयाँ मूल्य बढेको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १०७ रुपैयाँ पुगेको छ ।

डिजेल, मटितेल, हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत रहेकाे निगमले जनाएकाे छ । निगम प्रवक्ता विनितमणि उपाध्यायका अनुसार १ सेप्टेम्बर (आज)मा आएको मूल्यसूचीअनुसार पेट्रोलको मूल्य बढाइएको हाे ।

गत चैतमा भएको लडकाउनमा लिटरमा १३ रूपैयाँसम्म नाफा हुँदा पनि निगमले मूल्य घटाएको थिएन । त्यतिबेला मूल्य घटाएपनि प्रयोगकर्ताले लाभ नपाउने तर्क गरिएको थियो । तर, अहिले भने निषेधाज्ञा भारतबाट मूल्य बढेर आएको दिनमै मूल्य बढाउने निर्णय भएको छ ।

प्रकाशित समय १९:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु