गृहपृष्ठ नेप्सेमा ४ अर्बमाथिको कारोबार, ९६ लाख कित्ता किनबेच
नेप्सेमा ४ अर्बमाथिको कारोबार, ९६ लाख कित्ता किनबेच
सेयर बजार परिसूचक नेप्सेमा बुधबार ४ अर्बमाथिको कारोबार भएको छ । जीवन र निर्जीवन बिमा समूह नकारात्मक बनेको बजारमा बाँकी समूह बढेपछि २५.५८ अंकले परिसूचक सकारात्मक बन्यो ।
बजारमा १८६ कम्पनीको ९६ लाख ८६ हजार कित्ता सेयर ४ अर्ब १८ करोड १० लाख रुपैयाँबराबरमा किनबेच भएको छ । यसअघि, २०७६ फागुन १५ मा १ करोड ८ लाख ५९ हजार ६५६ कित्ता सेयर ४ अर्ब ४६ करोड रुपैयाँमा र २०७६ फागुन १८ गते १ करोड २५ लाख १७ हाजर २१७ कित्ता सेयर ४ अर्ब ८४ करोड ७४ लाख रुपैयाँबराबरमा किनबेच भएको थियो ।
हाइड्रो समूहमा उछाल आउँदा आठ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । अरुण भ्याली हाइड्रोपावर, राधी विद्युत कम्पनी, जोशी हाइड्रोपावर, युनियन हाइड्रोपावर, ङाँदी ग्रुप पावर, रिदी हाइड्रोपावर, पाँचथर पावर र अपी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको हो ।
त्यस्तै नेपाल रिइन्स्योरेन्सको मात्रै ६७ करोड ४२ लाखको सेयर किनबेच भएको छ । शिखर इन्स्योरेन्सको १७ करोड ७५ लाख, नेसनल लाइफ इन्स्योरेन्सको १६ करोड ५१ लाख, नेपाल लाइफ इन्स्योरेन्सको १५ करोड ७५ लाख, नेको इन्स्योरेन्सको १४ करोड ६७ लाख, लाइफ इन्स्योरेन्स कम्पनी नेपालको १४ करोड ६० लाख, एनआईसी एसियाको ११ करोड ५२ लाख, शिवम् सिमेन्ट ११ करोड ४८ लाख र हिमालयन डिस्टिलरीको १० करोड ४६ लाख रुपैयाँबराबरको सेयर खरिब‑बिक्री भएको छ ।
(यसअघि तथ्यांकगत त्रुटी हुन गएकोमा सच्याइएको छ । – सम्पादक)
प्रकाशित समय १५:१७ बजे

















