गृहपृष्ठ वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने नेकपा सचिवालयको निर्णय
वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने नेकपा सचिवालयको निर्णय
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ ।
नेकपा सचिवालयको आज बसेको बैठकले राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो । गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णयसँगै डा. युवराज खतिवडाले अर्थमन्त्री पद शनिबारदेखि सकिने भएको छ ।
बैठकमा पार्टीभित्रको विवाद समाधानका लागि गठित ६ सदस्यीय कार्यदलले तयार पारेको प्रतिवेदन पेश भएको प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले जानकारी दिए । अब नेकपा महाधिवेशनमा केन्द्रित हुने उनले बताए ।
बैठकले देशका विभिन्न ठाउँमा गएको बाढी पहिरोबाट प्रभावितहरुको उद्धार तथा राहतलाई प्रभावकारी बनाउन सरकार र पार्टीका कार्यकर्तालाई निर्देशनसमेत दिएको प्रवक्ता श्रेष्ठले बताए ।
प्रकाशित समय १८:०७ बजे

















