गृहपृष्ठ कविता : जागरण

कविता : जागरण

दु:खका पर्वत बनिसकेछन् अब पग्लिनुपर्छ

हिमालयबाट अब त पक्कै गंगा बहनुपर्छ ।

आज यो पर्खाल मानौँ पर्दाझैँ हल्लिरहेछ,

पक्कै पनि यसको अब जग हल्लिनुपर्छ ।

हर सडक, हर गल्ली, हर नगर र गाउँबाट

हात हल्लाउँदै लाश सहरतिर चाल्नुपर्छ ।

मात्र हंगामा मच्चाउनु मेरो उद्देश्य हैन,

सारा कोशिस यो छ कि अनुहार बदल्नुपर्छ ।

मेरो छातीमा नभए तिम्रो छातीमा सही

जहाँ होस् त्यो आगो, अवश्य आगो बल्नुपर्छ ।

 

कवि दुश्यंत कुमारको जागरण कविताको भावानुवाद

उमेश आचार्य – धनकुटा

प्रकाशित समय १४:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु