गृहपृष्ठ काठमाडौं उपत्यकामा कोरोना : थप ४०८ जनालाई संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा कोरोना : थप ४०८ जनालाई संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या निरन्तर बढिरहेको छ । पछिल्लो २४ घन्टामा ४ सय ८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ३ सय २६ जना, भक्तपुरमा ४५ जना र ललितपुरमा ३७ जना संक्रमित थपिएका हुन् । शुक्रबार काठमाडौंमा ३ सय ८६ जना, भक्तपुरमा ३६ जना र ललितपुरमा ३२ जना गरी उपत्यकामा ४ सय ५४ जनामा संक्रमण पुष्टि भएको थियो ।

बिहीबार भने उपत्यकामा ४ सय ४५ जनामा कोरोना संक्रमित थपिएका थिए । जसमध्ये काठमाडौंमा ३ सय ५७, भक्तपुर ४२ र ललितपुरमा ४६ जना थिए ।

प्रकाशित समय १६:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु